• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुखको च्याम्बरमै पुगेर एमाले सांसदहरूले दिए धम्की- 'बल प्रयोग गर्नुपर्ने हुनसक्छ'

64x64
किशोर दहाल शुक्रबार, भदौ ४, २०७८  ०८:१६
1140x725

काठमाडौं- बिहीबार बिहान ११ बजे नेकपा (एमाले)का १४ सांसद सभामुख अग्निप्रसाद सापकोटाको च्याम्बरमा पुगे। उनीहरुको उद्देश्य थियो, नेकपा एमालेले निष्कासन गरेका १४ सांसदको पद खारेजीसम्बन्धमा सभामुखद्वारा सूचना प्रकाशन गराउनु। तर, त्यसका लागि उनीहरुले भने दबाब र धम्कीपूर्ण भाषा प्रयोग गरे।

सभामुखको च्याम्बरमा पुगेको केहीबेरमै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो कुरा सुरु गरेका थिए। उनले आफूहरुले निवेदन दिएको सन्दर्भ उल्लेख गर्दै छिटो सूचना टाँस गर्न आग्रह गरे। 'यसअघि माओवादी केन्द्र र जसपाको निवेदनलाई २४ र ४८ घण्टामा निष्कर्षमा पुर्‍याउनुभएको थियो। तर एमालेको हकमा भएन। हामीलाई आशंका पैदा भएको छ,' उनको भनाइ थियो।

सहभागी एक सांसदका अनुसार, भट्टराईपछि कृष्णभक्त पोखरेलले सभामुखको पद साझा भएको लगायतका कुरा राखेका थिए। उनले राष्ट्रपतिले अध्यादेश जारी गर्नुहुन्न भन्ने आशंकाका बीच पनि अध्यादेश जारी भएको प्रसंग पनि ल्याए।

पोखरेलले राष्ट्रपति र प्रचण्डको प्रसंग पनि जोडेपछि सभामुखले तत्कालै प्रतिवाद गरेका थिए- यहाँ अरु संस्था र व्यक्तिको कुरा नगरौं। यहाँ हाम्रो मात्रै कुरा गरौं।

पोखरेलपछि खगराज अधिकारी बोलेका थिए। उनले विगतदेखिका भूमिकाको कुरा गरेका थिए। उनीपछि एमाले सचेतक शान्ता चौधरी बोलिन्। उनी बोलेसँगै माहोल अहसज हुन थालेको एक सांसदको भनाइ छ।

'हामीलाई विभेद गर्नुभयो भन्ने महसुस भइरहेको छ। अरु पार्टीको हकमा एक खालको र एमालेको हकमा अर्को खालको व्यवहार भयो,' उनको भनाइ थियो, 'यहाँ बस्दाबस्दै सूचना जारी होस्। नत्र भने हामी यहाँ बसिरहन्छौं।'

चौधरीले सो धारणा आफ्नो व्यक्तिगत हो भने पनि उनीपछि बोलेकी निरुदेवी पालले त्यो दलकै धारणा भएको बताइन्। 'सचेतकले नै भनिसकेपछि त्यो व्यक्तिगत धारणा होइन। एमालेकै धारणा हो,' उनको भनाइ थियो, 'सूचना जारी नहुञ्जेल हामी यहीँ बस्छौं।'

सूर्य पाठकले पनि बोलेका थिए। तर उल्लेखनीय केही बोलेनन्। उनले विगतका नजिर दोहोर्‍याँदै सभामुखको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि महेश बस्नेत बोल्न थाले। र माहोल आवेगपूर्ण बनाए। सुरुआतमा बस्नेतले सभामुख सापकोटाको प्रशंसा गरेका थिए। उनले सभामुख सापकोटा वनमन्त्री हुँदादेखि नै आफू प्रभावित भनेको बताए। कुनै वनमन्त्रीले नगरेको काम तपाईंले गर्नुभएको थियो भन्दै उनको प्रशंसा गरे।

त्यसपछि भने बस्नेतकाे भाषा अभिमानपूर्ण हुँदै गएको थियो। 'हामी जायज कुराका लागि संघर्ष गर्छौं। हामीले सर्वोच्चको फैसलापछि सडकमा उसको मानहानी हुने गरी बोल्यौं। तर केही भएन। किनकि, त्यो फैसला नै गलत थियो,' उनको भनाइ थियो।

त्यसपछि उनी सभामुख र सूचनाको प्रसंगमा आए। 'सूचना तत्काल जारी होस्। त्यो सूचना जारी भएन भने बल प्रयोग गर्ने अवस्था आउन सक्छ,' बस्नेतको भनाइ उद्धृत गर्दै नेपाल लाइभसँग कुरा गर्दै ती सांसदले भने, 'त्यसतर्फ ध्यानाकर्षण गराउँछु।'

त्यसपछि केही सांसदले बोल्न खोजे। तर, तातिएको माहोलमा खासै प्रभावकारी कुरा भएन।

एमालेका केही सांसदले सभामुखलाई नै बोल्न दिनुपर्ने बताए। अनि सभामुख बोल्न थाले।

'तपाईंहरु यहाँ के गर्न आउनुभएको? धम्की दिन आउनुभएको हो? दबाब दिन आउनुभएको हो? हो भने म दबाबमा निर्णय गर्दिनँ। कानुन र नियमावलीअनुसार निर्णय गर्छु। अहिले म अध्ययन गरिरहेको छु। यो विषयलाई चाँडो निष्कर्षमा पुर्‍याउन म परामर्श गरिरहेको छु। तर तपाईंहरुले धम्कीको भाषा बोल्दैमा म दबाबमा निर्णयचाहिँ गर्दिनँ,' सभामुखको भनाइ थियो।

यतिञ्जेल सभामुखको कार्यकक्ष बाहिरै सुनिनेगरी चर्काचर्की सुरु भएको थियो।

सभामुख बोल्दै थिए- तपाईंले बल प्रयोग गर्छु भनेर के भन्न खोज्नुभएको हो? सभामुखको कार्यकक्षमा आएर धम्की दिने? धर्ना बस्छु भन्ने? भन्न खोजेको के हो? शब्दहरु फिर्ता लिनुस्।

त्यसपछि खगराज अधिकारी, विशाल भट्टराई तथा सूर्य पाठकहरुमै को बोल्ने भनेर विवाद सुरु भयो। सबैले एकैपटक बोल्न खोज्दा संवाद सम्प्रेषणीय भएन। पाँच/सात मिनेट त्यत्तिकै अलमल भयो।

बरु सभामुख नै बोले- तपाईंहरुले सार्वजनिक मञ्चमा गर्ने भाषण र सभामुखको कार्यकक्षमा बोल्ने कुरा र भाषाको भिन्नता बुझ्न सक्नुहुन्न? कि हुनुपर्छ भन्ने ठान्नुहुन्न? तपाईंहरु राज्यको तीनवटा अंगमध्ये एउटा अंगको प्रमुखको कार्यकक्षमा हुनुहुन्छ। तपाईंहरु त्यसको सदस्य हुनुहुन्छ। मानौं, तपाईंहरु न्यायपालिकामा कुनै मुद्दा दायर गर्न जानुभयो। र, आजै फैसला गर्, नभए हामी धर्ना दिन्छौं भन्नुहुन्छ?

त्यसपछि सभामुखले प्रयोग गरिएका शब्द फिर्ता लिन आग्रह गरे। बस्नेतले फिर्ता लिएजस्तो गरे।

अन्तिममा विशाल भट्टराईले संक्षेपीकरण गरे।

सभामुखले भने कानुन र नियमावलीअनुसार यो विषयलाई छिटो निष्कर्षमा पुर्‍याउने बताउँदै आफूलाई समय दिन आग्रह गरे।

करिब एक घण्टा १५ मिनेटमा कार्यकक्षबाट बाहिरिएका उनीहरुले अन्तिममा भने विषयलाई छिटो टुंग्याउन सहज भाषामा कुरा गरेका थिए।

एमाले सचेतक शान्ता चौधरीले सभामुखको कार्यकक्षमा चर्काचर्की नै भएको जानकारी दिइन्। उनले अन्य दलको सूचना ४८ घण्टाभित्र प्रकाशन गरिसक्ने तर एमालेको सूचना ७२ घण्टासम्म रोक्ने कुरामा आफूहरुले आपत्ति जनाएपछि सभामुख रिसाएको बताइन्। 'सभामुख रिसाउनुभएपछि माहोल चर्काचर्की भयो। हामी पनि रिसायौं,' उनले भनिन्।

'हामीले सभामुखको कार्यकक्षमै बस्ने भनेका हौं। महेशजीले  पनि बल प्रयोग गर्ने कुरा गर्नु भएको हो। तर त्यसको अर्थ कुट्ने पिट्ने भन्ने होइन,' उनको भनाइ छ।

बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुखप्रति धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्। न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा उनले सभामुखलाई माओवादी कार्यकर्ताको आक्षेप लगाउँदै सभा चलाउन र सभामुख हुनु छ कि छैन भन्दै प्रश्न गरेका छन्।

'माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो सभामुखले? उहाँ केलाई पर्खिरहनु भएको छ? उहाँले ठान्नु भएको होला, उहाँले नसुनाएसम्म पद कायमै रहन्छ। र, त्यो कायमै रहेको पदसँग उहाँहरुले एमालेविरोधी मान्छे संसद्‍मा उपस्थित गराउने भन्ने होला। अग्नि सापकोटाज्यूलाई सोध्न चाहन्छु- संसद् चलाउनु छ कि छैन उहाँलाई? गैरकानुनी/मनमौजी ढंगले संसद् चल्न सक्दैन। उहाँलाई सभामुख हुन छ कि छैन?,' ओलीको भनाइ थियो।

यो पनि पढ्नुहोस्

ओली भन्छन्– अग्नि सापकोटाले सभामुखको भूमिका निभाउने हो, माओवादी कार्यकर्ता बन्ने होइनबिहीबार, भदौ ३, २०७८

ओलीले सभामुख सापकोटालाई न्यायाधीश नपल्टने चेतावनी पनि दिएका छन्। उनले सभामुखलाई अटेरी र जिद्दी भएको आरोप लगाएका छन्। साथै, पद छाड्न पनि भनेका छन्। 'एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन। सभामुखको कुर्सीमा बसेपछि निस्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ। होइन भने उहाँले छाडिदिए हुन्छ। त्यो निष्पक्षता अपनाउन सकिँदैन भने, पार्टीप्रतिकै ‘लोयल्टी’ कायम राख्नुहुन्छ भने, त्यसअनुसारकै आचार र व्यवहार गर्नुहुन्छ भने, कार्यकर्ता भइरहनुहुन्छ भने सभामुख हुन सकिँदैन। त्यसकारण उहाँले रोज्नुपर्छ, या त कार्यकर्तामा फर्किनुपर्छ या सभामुखको हैसियतमा निष्पक्ष ढङ्‍गले काम गर्नुपर्छ। अटेरी, जिद्दी, गैरकानुनी, असंसदीय खालको क्रियाकलाप उहाँले ‘रिपिटेड्ली’ देखाउनुभएको छ। माओवादी कार्यकर्ताको रुपमा काम गर्नुभएको छ,' ओलीको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्