• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुखको च्याम्बरमै पुगेर एमाले सांसदहरूले दिए धम्की- 'बल प्रयोग गर्नुपर्ने हुनसक्छ'

64x64
किशोर दहाल शुक्रबार, भदौ ४, २०७८  ०८:१६
1140x725

काठमाडौं- बिहीबार बिहान ११ बजे नेकपा (एमाले)का १४ सांसद सभामुख अग्निप्रसाद सापकोटाको च्याम्बरमा पुगे। उनीहरुको उद्देश्य थियो, नेकपा एमालेले निष्कासन गरेका १४ सांसदको पद खारेजीसम्बन्धमा सभामुखद्वारा सूचना प्रकाशन गराउनु। तर, त्यसका लागि उनीहरुले भने दबाब र धम्कीपूर्ण भाषा प्रयोग गरे।

सभामुखको च्याम्बरमा पुगेको केहीबेरमै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो कुरा सुरु गरेका थिए। उनले आफूहरुले निवेदन दिएको सन्दर्भ उल्लेख गर्दै छिटो सूचना टाँस गर्न आग्रह गरे। 'यसअघि माओवादी केन्द्र र जसपाको निवेदनलाई २४ र ४८ घण्टामा निष्कर्षमा पुर्‍याउनुभएको थियो। तर एमालेको हकमा भएन। हामीलाई आशंका पैदा भएको छ,' उनको भनाइ थियो।

सहभागी एक सांसदका अनुसार, भट्टराईपछि कृष्णभक्त पोखरेलले सभामुखको पद साझा भएको लगायतका कुरा राखेका थिए। उनले राष्ट्रपतिले अध्यादेश जारी गर्नुहुन्न भन्ने आशंकाका बीच पनि अध्यादेश जारी भएको प्रसंग पनि ल्याए।

पोखरेलले राष्ट्रपति र प्रचण्डको प्रसंग पनि जोडेपछि सभामुखले तत्कालै प्रतिवाद गरेका थिए- यहाँ अरु संस्था र व्यक्तिको कुरा नगरौं। यहाँ हाम्रो मात्रै कुरा गरौं।

पोखरेलपछि खगराज अधिकारी बोलेका थिए। उनले विगतदेखिका भूमिकाको कुरा गरेका थिए। उनीपछि एमाले सचेतक शान्ता चौधरी बोलिन्। उनी बोलेसँगै माहोल अहसज हुन थालेको एक सांसदको भनाइ छ।

'हामीलाई विभेद गर्नुभयो भन्ने महसुस भइरहेको छ। अरु पार्टीको हकमा एक खालको र एमालेको हकमा अर्को खालको व्यवहार भयो,' उनको भनाइ थियो, 'यहाँ बस्दाबस्दै सूचना जारी होस्। नत्र भने हामी यहाँ बसिरहन्छौं।'

चौधरीले सो धारणा आफ्नो व्यक्तिगत हो भने पनि उनीपछि बोलेकी निरुदेवी पालले त्यो दलकै धारणा भएको बताइन्। 'सचेतकले नै भनिसकेपछि त्यो व्यक्तिगत धारणा होइन। एमालेकै धारणा हो,' उनको भनाइ थियो, 'सूचना जारी नहुञ्जेल हामी यहीँ बस्छौं।'

सूर्य पाठकले पनि बोलेका थिए। तर उल्लेखनीय केही बोलेनन्। उनले विगतका नजिर दोहोर्‍याँदै सभामुखको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिए।

Ncell 2
Ncell 2

त्यसपछि महेश बस्नेत बोल्न थाले। र माहोल आवेगपूर्ण बनाए। सुरुआतमा बस्नेतले सभामुख सापकोटाको प्रशंसा गरेका थिए। उनले सभामुख सापकोटा वनमन्त्री हुँदादेखि नै आफू प्रभावित भनेको बताए। कुनै वनमन्त्रीले नगरेको काम तपाईंले गर्नुभएको थियो भन्दै उनको प्रशंसा गरे।

त्यसपछि भने बस्नेतकाे भाषा अभिमानपूर्ण हुँदै गएको थियो। 'हामी जायज कुराका लागि संघर्ष गर्छौं। हामीले सर्वोच्चको फैसलापछि सडकमा उसको मानहानी हुने गरी बोल्यौं। तर केही भएन। किनकि, त्यो फैसला नै गलत थियो,' उनको भनाइ थियो।

त्यसपछि उनी सभामुख र सूचनाको प्रसंगमा आए। 'सूचना तत्काल जारी होस्। त्यो सूचना जारी भएन भने बल प्रयोग गर्ने अवस्था आउन सक्छ,' बस्नेतको भनाइ उद्धृत गर्दै नेपाल लाइभसँग कुरा गर्दै ती सांसदले भने, 'त्यसतर्फ ध्यानाकर्षण गराउँछु।'

त्यसपछि केही सांसदले बोल्न खोजे। तर, तातिएको माहोलमा खासै प्रभावकारी कुरा भएन।

एमालेका केही सांसदले सभामुखलाई नै बोल्न दिनुपर्ने बताए। अनि सभामुख बोल्न थाले।

'तपाईंहरु यहाँ के गर्न आउनुभएको? धम्की दिन आउनुभएको हो? दबाब दिन आउनुभएको हो? हो भने म दबाबमा निर्णय गर्दिनँ। कानुन र नियमावलीअनुसार निर्णय गर्छु। अहिले म अध्ययन गरिरहेको छु। यो विषयलाई चाँडो निष्कर्षमा पुर्‍याउन म परामर्श गरिरहेको छु। तर तपाईंहरुले धम्कीको भाषा बोल्दैमा म दबाबमा निर्णयचाहिँ गर्दिनँ,' सभामुखको भनाइ थियो।

यतिञ्जेल सभामुखको कार्यकक्ष बाहिरै सुनिनेगरी चर्काचर्की सुरु भएको थियो।

सभामुख बोल्दै थिए- तपाईंले बल प्रयोग गर्छु भनेर के भन्न खोज्नुभएको हो? सभामुखको कार्यकक्षमा आएर धम्की दिने? धर्ना बस्छु भन्ने? भन्न खोजेको के हो? शब्दहरु फिर्ता लिनुस्।

त्यसपछि खगराज अधिकारी, विशाल भट्टराई तथा सूर्य पाठकहरुमै को बोल्ने भनेर विवाद सुरु भयो। सबैले एकैपटक बोल्न खोज्दा संवाद सम्प्रेषणीय भएन। पाँच/सात मिनेट त्यत्तिकै अलमल भयो।

बरु सभामुख नै बोले- तपाईंहरुले सार्वजनिक मञ्चमा गर्ने भाषण र सभामुखको कार्यकक्षमा बोल्ने कुरा र भाषाको भिन्नता बुझ्न सक्नुहुन्न? कि हुनुपर्छ भन्ने ठान्नुहुन्न? तपाईंहरु राज्यको तीनवटा अंगमध्ये एउटा अंगको प्रमुखको कार्यकक्षमा हुनुहुन्छ। तपाईंहरु त्यसको सदस्य हुनुहुन्छ। मानौं, तपाईंहरु न्यायपालिकामा कुनै मुद्दा दायर गर्न जानुभयो। र, आजै फैसला गर्, नभए हामी धर्ना दिन्छौं भन्नुहुन्छ?

त्यसपछि सभामुखले प्रयोग गरिएका शब्द फिर्ता लिन आग्रह गरे। बस्नेतले फिर्ता लिएजस्तो गरे।

अन्तिममा विशाल भट्टराईले संक्षेपीकरण गरे।

सभामुखले भने कानुन र नियमावलीअनुसार यो विषयलाई छिटो निष्कर्षमा पुर्‍याउने बताउँदै आफूलाई समय दिन आग्रह गरे।

करिब एक घण्टा १५ मिनेटमा कार्यकक्षबाट बाहिरिएका उनीहरुले अन्तिममा भने विषयलाई छिटो टुंग्याउन सहज भाषामा कुरा गरेका थिए।

एमाले सचेतक शान्ता चौधरीले सभामुखको कार्यकक्षमा चर्काचर्की नै भएको जानकारी दिइन्। उनले अन्य दलको सूचना ४८ घण्टाभित्र प्रकाशन गरिसक्ने तर एमालेको सूचना ७२ घण्टासम्म रोक्ने कुरामा आफूहरुले आपत्ति जनाएपछि सभामुख रिसाएको बताइन्। 'सभामुख रिसाउनुभएपछि माहोल चर्काचर्की भयो। हामी पनि रिसायौं,' उनले भनिन्।

'हामीले सभामुखको कार्यकक्षमै बस्ने भनेका हौं। महेशजीले  पनि बल प्रयोग गर्ने कुरा गर्नु भएको हो। तर त्यसको अर्थ कुट्ने पिट्ने भन्ने होइन,' उनको भनाइ छ।

बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुखप्रति धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्। न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा उनले सभामुखलाई माओवादी कार्यकर्ताको आक्षेप लगाउँदै सभा चलाउन र सभामुख हुनु छ कि छैन भन्दै प्रश्न गरेका छन्।

'माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो सभामुखले? उहाँ केलाई पर्खिरहनु भएको छ? उहाँले ठान्नु भएको होला, उहाँले नसुनाएसम्म पद कायमै रहन्छ। र, त्यो कायमै रहेको पदसँग उहाँहरुले एमालेविरोधी मान्छे संसद्‍मा उपस्थित गराउने भन्ने होला। अग्नि सापकोटाज्यूलाई सोध्न चाहन्छु- संसद् चलाउनु छ कि छैन उहाँलाई? गैरकानुनी/मनमौजी ढंगले संसद् चल्न सक्दैन। उहाँलाई सभामुख हुन छ कि छैन?,' ओलीको भनाइ थियो।

यो पनि पढ्नुहोस्

ओली भन्छन्– अग्नि सापकोटाले सभामुखको भूमिका निभाउने हो, माओवादी कार्यकर्ता बन्ने होइनबिहीबार, भदौ ३, २०७८

ओलीले सभामुख सापकोटालाई न्यायाधीश नपल्टने चेतावनी पनि दिएका छन्। उनले सभामुखलाई अटेरी र जिद्दी भएको आरोप लगाएका छन्। साथै, पद छाड्न पनि भनेका छन्। 'एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन। सभामुखको कुर्सीमा बसेपछि निस्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ। होइन भने उहाँले छाडिदिए हुन्छ। त्यो निष्पक्षता अपनाउन सकिँदैन भने, पार्टीप्रतिकै ‘लोयल्टी’ कायम राख्नुहुन्छ भने, त्यसअनुसारकै आचार र व्यवहार गर्नुहुन्छ भने, कार्यकर्ता भइरहनुहुन्छ भने सभामुख हुन सकिँदैन। त्यसकारण उहाँले रोज्नुपर्छ, या त कार्यकर्तामा फर्किनुपर्छ या सभामुखको हैसियतमा निष्पक्ष ढङ्‍गले काम गर्नुपर्छ। अटेरी, जिद्दी, गैरकानुनी, असंसदीय खालको क्रियाकलाप उहाँले ‘रिपिटेड्ली’ देखाउनुभएको छ। माओवादी कार्यकर्ताको रुपमा काम गर्नुभएको छ,' ओलीको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली महाराजगञ्जस्थित देउवा निवासमा पुगेका अध्यक्ष ओली र सभापति देउवाबिच भेटवार्ता भइरहेको हो । शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली शुक्रबार, मंसिर १९, २०८२
राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त शुक्रबार, मंसिर १९, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्