काठमाडौं- मुलुकको अनियमित खर्च (बेरुजु) छ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। महालेखापरीक्षकको कार्यालयले शुक्रबार आफ्नो आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बेरुजुको आकार बढेको जानकारी दिएको हो।
महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आज प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्। प्रतिवेदनमा सरकारी कार्यालयहरुबाट हुने अनियमित खर्च झन् भयावह बन्दै गएको औंल्याइएको छ।
आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणबाट एक खर्ब चार अर्ब ३८ करोड रुपैयाँ बेरुजु थपिएको प्रतिवेदनमा उल्लेख छ। अघिल्ला वर्षहरुको बेरुजुसमेत जोड्दा सरकारको कूल बेरुजु रकम छ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो ।
यस वर्ष संघ सरकार, प्रदेशका सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाकोसमेत गरी ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
यस्तो छ प्रतिवेदनको सारांश:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।