काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले उकालो लागेको महासंघले जनाएको छ।
बिहीबार प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।