काठमाडौं– अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उप्रेतीलाई वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
आर्थिक नीति विश्लेषण विज्ञका रुपमा परिचित उप्रेतीले विश्व व्यापार संगठनमा प्रवेश गर्दा अर्थतन्त्रमा बढ्ने लागत तथा यसबाट राजस्व तथा अर्थतन्त्रमा पर्ने प्रभावको विषयमा विद्यावारिधि गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत उप्रेती कर्णाली प्रदेश मन्त्रिपरिषद्को आर्थिक विज्ञका रुपमा समेत कार्यरत छन्।
उप्रेतीले यसअघि जनार्दन शर्मा ऊर्जामन्त्री भएको समयमा स्थापना भएको विद्युत् उत्पादन कम्पनीमा विज्ञ संचालकका रूपमा चार वर्ष काम गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।