फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरि अस्वस्थ भएका छन्। घाँटीमा गम्भीर समस्या देखिएपछि उनी केही दिनअघि उपचारका लागि भारत गएका थिए।
मुम्बईको हिन्दुजा अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ।
यसैबीच, नेता गिरीलाई भेट्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि मुम्बई जाने भएका छन्।
गिरीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै कांग्रेस उपसभापति विमलेन्द्रनिधि निधि भारत जान लागेका हुन्।
आज जनकपुर हुँदै भारत जान लागेका निधिले शुक्रबार गिरिलाई भेट्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।