काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य ओरालो लागेको छ।अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले ओरालो लागेको महासंघले जनाएको छ।
बुधबार १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।