काठमाडौं- संविधानसभा सदस्य एवं राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ। कोरोना संक्रमणपछि नेपाल एपिएफ अस्पतालमा उपचाररत ६७ वर्षीय शेरचनको बुधबार साँझ निधन भएको राजधानी दैनिकले जनाएको छ।
मिडिया सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका शेरचन मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्षसमेत हुन्।
शेरचनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्। उनको आज विहान ११ वजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।