त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचौरमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।
घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए।
बिहान साढे दुई बजेतिर घरको करेसामा माथिबाट आएको माटोे पन्छाउने क्रममा थप खसेको पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ। पहिराले घरसमेत जोखिममा परेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।