काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सबइन्जिनियरविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले प्राधिकरणको करार सेवामा रही ओखलढुंगामा कार्यरत सबइन्जिनियर राजन पासवानविरूद्ध अख्तियारले बुधबार काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। आयोगले ३० हजार बिगो रकम कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिए बापत सेवाग्राहीसँग ३० हजार घुस माग गरेको अख्तियारमा उजुरी परेको थियो।
सोही उजुरीको आधारमा खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धानपछि बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।