काठमाडौं- नवगठित नेपाल महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरुलाई मनोनयनपत्र प्रदान गरिएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक कार्यक्रमबीच मनोनयनपत्र प्रदान गरेका हुन्।
उर्मिला श्रेष्ठको सभापतित्वमा गठित समितिमा लिमा अधिकारी महासचिव, चारु सिखारिया कोषाध्यक्ष तथा सदस्यहरुमा राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पनादेवी पिया श्रेष्ठ र अदिति गोयल रहेका छन्। त्यस्तै सल्लाहकारहरुमा अन्जना ताम्राकार, शान्तीलक्ष्मी शाक्य, निलम ताम्राकार र सोफी उपाध्याय रहेका छन्।
मनोनयनपत्र हस्तान्तरण कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हासिल गर्न सकिने भएकाले नवगठित महिला चेम्बरले महिला उद्यमशीलता विकासतर्फ ध्यान दिनुपर्ने बताए।
नवगठित समितिमा महिलाहरुको आर्थिक सशक्तीकरण अभियानमा अनुभव हासिल गरेका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व भएकोले महिला चेम्बरको रचनात्मक कार्यमा योगदान प्राप्त हुने अपेक्षा राख्दै उनले कार्यकाल सफलताको कामना गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।