• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

कसले लेख्छन् अनि किन लेख्छन् ‘धनी बन्न’ सिकाउने झुटा पुस्तकहरु?

बलराम तिमल्सिना शनिबार, भदौ ५, २०७८  ०७:०३
1140x725

तपाईं सामाजिक सन्जाल फेसबुक चलाउनुहुन्छ भने लामो समयदेखि अनौठो प्रकारका पुस्तकको विज्ञापन देख्नुभएको होला, ‘धनी कसरी बन्ने?’ यी विज्ञापन देखेर कतिपयले किताबै पनि किनेर पढिसक्नुभयो होला।

किताब पढेर तपाईं धनी हुनुभयो भन्ने विश्वास लाग्दैन। किताब लेख्ने मानिस कति धनी होलान् भन्ने फरक विषय हो। तिनको वास्तविकता पनि थाहा पाउनुपर्छ।

संसारमा धनी हुन चाहने मान्छे भने धेरै छन्, पुँजीवादी व्यवस्थाले सिकाएकै त्यही हो। त्यसको फाइदा उठाएर यस्ता किताब प्रशस्तै बिक्ने गरेका छन्। लेखकले पैसा पनि राम्रै कमाएका होलान्।

बलराम तिमल्सिना

अहिले बजारमा करोडपति या अरबपति बनाउन सिकाउने पुस्तक प्रशस्तै देख्न सकिन्छ। फुटपाथमा पनि तिनै पुस्तकलाई सबैभन्दा माथि राखेर बेचेको देखिन्छ। पुस्तक पसलमा त्यस्ता पुस्तक नै बढी बिक्छन्।

पहिलो त, ‘रोडपति’बाट एकैपटक करोडपति बन्न कुनै जादूबाहेक संभव नै छैन। आजको दुनियाँमा सामान्य मान्छेले जति पसिना बगाए पनि भरपेट खान मुस्किल हुन्छ। करोडपतिको सपना देखाउनेले आफ्नै किताबको व्यापार मात्र बढाएका छन्।

जब कुनै व्यापारी, कर्मचारी या राजनीति गर्ने मान्छे रातारात धनी बन्छ, तब बुझ्नु पर्छ कि उसले नीति, नियम र नैतिकता बेचेको छ। हजारौं लाखौंको पसिना खोसेर मात्र त्यसो हुन संभव हुन्छ। उद्योगी वा जमिन्दारले त मजदुर र किसानको पसिनाबाटै कमाउने हो। तर, तिनै मजदुर र किसानलाई ‘चाँडै धनी बन्ने’ सपना बेचिन्छ र बेच्ने पनि धनीवर्ग नै हो।

अपवादस्वरुप एकाध मानिस कुनै कर्मले अलि छिटो धनी बन्लान्। तर, आश्चर्यजनक तरिकाले धनी हुनु कसैलाई उति नै चाँडो गरिब बनाउनु पनि हो। किनकि धन आफैँ बन्दैन, श्रमको आवश्यकता पर्छ। जब टाइसुट लगाएर कुर्सीमा बस्ने, महङ्गा गाडीमा सयर गर्ने, संसारकै महङ्गा मदिरा पिउने, उस्तै महङ्गा मालसमान उपभोग गर्ने प्रकारले कोही रातारात करोडपती बन्छ भने त्यहाँ गडबड हुन्छ।

त्यस्ता व्यक्तिले ठूलै अपराध गरेका हुन्छन्। कर छलेको हुन्छ। मजदुरलाई ठगेको हुन्छ। एक थरीको गणित दुई गुणा दुई १० र अर्का थरीको हिसाब दुई गुणा दुई एक मात्र भएको हुन्छ। पुँजीवादी व्यवस्थाले यो दुवै थरी हिसाबलाई ठीक ठहर्‍याएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

को हुन् यस्ता पुस्तकका लेखक?
नेपालमा पाइने धेरै जसो यस्ता पुस्तक विदेशी लेखकका अनुवाद नै हुन्। कतिपय अनुवाद त अनुमतिविना नै गरिएको हुनसक्छ। तिनले निर्बाध रुपमा पुस्तक बेचिरहेकै छन्।

अमेरिकी नागरिक नेपोलियन हिलको पुस्तक ‘थिङ्क एन्ड ग्रो रिच’ को नेपाली अनुवाद ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ को आवरणमा लेखिएको छ, ‘१५ लाख प्रतिभन्दा बढी बिक्री भइसकेको पुस्तक।’ नेपालको सन्दर्भमा यो संख्या धेरै हो। तर, यो पुस्तक विश्वभरिमा बिक्री भएको ठूलो संख्या होइन। धनी बनाउन सिकाउने पुस्तकले आवरणमा नै झुक्याएका छन्।

यो पुस्तक सन् १९३७ मा पहिलो पटक प्रकाशित भएको थियो। यसमा लेखक हिलले करिअर वा पैसाको सन्तुष्टिका लागि विचारको मनोवैज्ञानिक शक्तिबारे परीक्षण गरेका छन्। तर, यो पुस्तक पढेर धनी बन्ने विषय गलत हो। किताबको शीर्षकले पाठक झुक्याउने काम गरेको छ।

शिव खेडाको पुस्तक ‘यु क्यान विन’ को नेपाली अनुवाद ‘जित तपाईंको’ पनि बजारमा पाइन्छ। विकिपेडियामा उनको परिचय ‘लेखक, अभियन्ता र मोटिभेसनल स्पिकर’ भनेर दिइएको छ। उनी कोइला खानी सञ्चालन गर्ने व्यापारी परिवारमा जन्मिएका व्यक्ति हुन्।

अर्को पुस्तक ‘द सिक्रेट अफ मिलिनेयर माइन्ड’ लाई यही नाममा नेपाली अनुवाद गरिएको छ। यसका लेखक हुन्, टी हार्व एकर। उनी क्यानडाका व्यापारी हुन्। उनले ‘स्पिड वेल्थ’ नामको अर्को पुस्तक पनि लेखेका छन्। त्यसको उपशीर्षक ‘हाउ टु स्टप अर्निङ अ लिभिङ एन्ड स्टार्ट क्रिएटिङ वेल्थ’ राखिएको छ।

त्यस्तै एन्थोनी रोबिन्सको ‘अनलिमिटेड पावर’ लाई ‘असिमित शक्ति’ भनेर अनुवाद गरिएको छ। यसको उपशीर्षक ‘आत्मोन्नतिको नयाँ विज्ञान’ लेखिएको छ। यस्ता धेरै पुस्तक बजारमा पाइन्छन्।

अझ नेपालीले नै लेखेको पुस्तक त झनै झुक्याउने प्रकारको छ। दिलीपकुमार श्रेष्ठको पुस्तकको नाम हो, ‘मनी मन्त्री’ र उपशीर्षक राखिएको छ ‘पैसा कसरी कमाउने?’ मानौँ पुस्तक पढेपछि पैसा कमाउन अति सजिलो हुन्छ।

किन लेखिन्छन् यस्ता पुस्तक?
आज संसारभरि धनीहरूको शासन छ। धनीहरूको शान छ। धन हुनु र नहुनुले धेरै कुराको निर्धारण गर्दछ। तपाईंसँग प्रसस्त धन छ भने तपाईलाई संसारका सबै ‘सुख–सुविधा’ र ‘शान’को ढोका खुल्ला हुनेछन्। तपाईंको जिन्दगीको परिभाषा बदलिन्छ।

तपाईंसँग धन छैन भने पखाला लाग्दा जीवनजलको एउटा पुरिया किन्न नसकेर मर्नु पर्ने हुनसक्छ। अस्पतालका ढोका बन्द हुन्छन्। शिक्षामा विभेद हुन्छ, जसले तपाईंलाई ज्ञानको ताला लगाउने प्रयास गर्छ।

धन छ, साथीभाइको लर्को उसैको हुन्छ। पुलिस, कर्मचारी, नेता, व्यापारी, बैङ्कर्स सबै तपाईंका दाहिना हुन्छन्। न्याय, नैतिकता, अवसर सबै तपाईंको गोजीमा आएर बस्छन्।

त्यही कारण, धन नहुँदा अभाव र अपमान भोग्न बाध्य मानिसहरु धनी बन्ने दिशाहीन दौडाइमा लाग्छन्। तिनै गरिब मानिसहरुलाई ‘उल्लु’ बनाउन धनी कसरी बन्ने पुस्तकहरु लेखिन्छन्।

त्यस्ता पुस्तकमा जसरी धनी बन्ने सूत्रहरू दिइएको हुन्छ, ती पढेर कोही करोडपति या अरबपति बन्दैन। ती सूत्र बढीमा त्यस्ता मानिसलाई काम लाग्नसक्छ, जो सुरुबाटै धेरथोर धनी छन्। जोसँग सुरुबाटै धेरथोर ठगविद्या छ। जोसँग मानिसहरूलाई ठग्ने कला छ। जसको सत्तासँग पहुँच छ। र, जसलाई सामाजिक, आर्थिक, साँस्कृतिक हिसाबले अतिरिक्त सुविधा प्राप्त छन्।

तर, जो गरिब छ, जोसँग लगानी गर्ने होइन कि भरे के खाने भन्ने चिन्ता छ, चप्पल फाटेपछि नयाँ किन्ने पैसा छैन, बस्ने बास छैन, मर्दा गाड्ने चिहान छैन, तिनीहरूलाई करोडपती बन्न सिकाउने पुस्तक लेखिनु वा प्रचार हुनु ठगी हो। ठग्नकै लागि यस्ता पुस्तक लेखिन्छन्।

लेखिँदैन ठगीको वास्तविता
प्रकृति सबैको साझा सम्पत्ति हो। प्रकृतिको उपयोग सबैले समान रुपमा गर्न पाउनुपर्ने हो। कोही धनी र कोही गरिब नहुनु पर्ने हो। तर, प्रकृतिप्रदत्त तिनै वस्तु केही मानिसले निजी बनाए। एक थरीसँग उब्जाऊका लागि मनग्गे जमिन भयो। उत्पादनका साधन उनीहरुसँगै भए।

तर, अर्का थरीसँग कि थोरै जमिन छ, कि छँदै छैन। जमिनमा पसिना बगाएर अन्न उत्पादन गर्नेहरू सबैभन्दा धनी हुनु पर्ने हो। कारखानामा काम गर्ने मजदुर सबैभन्दा सम्पन्न हुनु पर्ने हो। स्थिति ठीक उल्टो छ। उत्पादनका सामग्री र उत्पादित वस्तुमाथिको कब्जा काम नगर्ने वर्गमा हुँदा किसान र मजदुर नै सबैभन्दा गरिब छन्।

जसले छिटो–छिटो र धेरैभन्दा धेरैलाई कुसलतापूर्वक ठग्न सक्छ, ऊ रातारात धनी बन्छ। अनि तिनीहरु नै धनी बन्न सिकाउँदै पुस्तक लेख्छन्। ती पुस्तकमा ठगेर धनी भएको स्वीकारोक्ति हुँदैन।

श्रमका हिसाबले सबैभन्दा कठिन शारीरिक काम गर्ने कार्यलयको पियनको तलब सबैभन्दा बढी र कुर्सीमा बसेर सही मात्र गर्ने हाकिमको तलब सबैभन्दा कम हुनुपर्ने हो। तर, उल्टो छ। अनि, उल्टो व्यवस्थामा नै बानी परेकाहरु यसैलाई ठीक मान्छन्। वास्तवमा ‘पियन’ भन्ने पद नै अनावश्यक हो। ‘हाकिम’ले पनि सरसफाइ र अन्य आफूसँग सम्बन्धित शारीरिक काम गर्न सक्छ।

पुँजीवादी व्यवस्थामा किसानलाई गरिब बनाएर जमिन्दार धनी बन्छन्। मजदुरहरूलाई गरिब बनाएर कारखानाका मालिक धनी बन्छन्। नागरिकहरूलाई गरिब बनाएर शासकहरू धनी बन्दछन्। उपभोक्ताहरूलाई ठगेर व्यापारीहरू धनी बन्छन्। जसले छिटो–छिटो र धेरैभन्दा धेरैलाई कुसलतापूर्वक ठग्न सक्छ, ऊ रातारात धनी बन्छ। अनि तिनीहरु नै धनी बन्न सिकाउँदै पुस्तक लेख्छन्।

तर, ती पुस्तकमा माथि चर्चा गरिए झैँ धनी बनिने उपायका कुरा हुँदैनन्। ठगेर धनी भएको स्वीकारोक्ति हुँदैन। त्यहाँ सही व्यवसायको छनौट, कुशल प्रबन्ध, प्रभावकारी विज्ञापन अनि दृढ इच्छाशक्ति जस्ता विषयको चर्चा हुन्छ।

यी विषय कुनै व्यवसायमा सफलता पाउन महत्वपूर्ण होलान्, तर मुख्य होइनन्। र, यति भएपछि सफल भइहालिने तथा धन कमाइहालिने पनि होइन। धनी बन्ने मुख्य कुरा त ठगी, ठगी र फेरि पनि ठगी नै हो।

अबका पुस्तकमा चाहिँ करोडपति बन्ने ‘फन्टुस गफ’ नलेखेर रातारात करोडपति बन्नेहरूका कर्तुत लेखिनुपर्छ। ती किताब मात्र देश र जनताका लागि उपयुक्त हुनसक्छन्।

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबार, भदौ २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ २०, २०८३
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्