फाइल तस्वीर
काठमाडौं– अविरल वर्षापछिको पहिरोका कारण नौविसे– नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ।
निर्माणधीन सुरुङ मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोका कारण सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाले बताइन्।
सडक अवरुद्ध भएका कारण राजधानी प्रवेशका लागि विभिन्न जिल्लाबाट आएका सवारी साधनको लामो लाइन बनेको छ।
सडक खुलाउने प्रयास जारी रहे पनि पहिरो ठुलो भएकाले समय लाग्ने प्रमुख थापाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।