काठमाडौं– मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई नजिक रहेकाले देशका अधिकांश स्थानमा बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली अधिकांश स्थानमा सामान्य वर्षा भइरहेको विभागले बताएको छ।
आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षासँगै पहाडी भागमा पहिरो तथा नदीहरुमा बाढीको सम्भावना रहेकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।