काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र केसीबीच छलफल जारी छ। डा केसीले ५ बुँदे माग राखेका छन्। उनले आफ्ना ५ बुँदे माग पूरा नभए यही भदाै ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए।
डा केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहेको समयमा प्रधानमन्त्री देउवाले छलफलका लागि केसीलाई बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।