काठमाडौं- अफगानिस्तानमा हालै देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको जीवन जोखिममा पर्नसक्ने अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै श्रम स्वीकृति नलिइ अन्य मुलुक हुँदै अफगानिस्तान पुगेका र भिसा अवधि समाप्त भएका नेपाली नागरिकहरु जोखिममा परेका र बेरोजगार अवस्थामा रहेकाले खान, बस्न समस्या भोगिरहेको जानकारी आयोगलाई प्राप्त भएको विज्ञप्तिमा भनिएको छ।
'अफगानिस्तानमा जोखिममा रहेका नेपाली नागरिकहरुको यकीन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाइ शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्किने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न थता जोखिमपूर्ण अवस्थामा रहेकाहरुको जीवन रक्षा गरी मानवअधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।