• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २९, २०८३ Mon, Jul 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मातृभाषा पत्रकारिता कमजोर बन्दै गएकोप्रति सरोकारवालाको चिन्ता

64x64
नेपाल लाइभ मंगलबार, भदौ १, २०७८  १५:४५
1140x725

काठमाडौं- मातृभाषाका सञ्चारमाध्यमहरूको अवस्था कमजोर बन्दै गएकोप्रति सरोकारवालाले चासो व्यक्त गरेका छन्। यस्ता सञ्चारमाध्यम र मातृभाषा पत्रकारिताको प्रवर्द्धनमा राज्यबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको उनीहरूको गुनासो छ। तामाङ पत्रकार संघले २७औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजना गरेको ‘भर्चुअल’ अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले यस्तो गुणासो गरेका हुन्।

‘मातृभाषाका सञ्चारमाध्यमहरूलाई प्रवर्द्धन गर्न विशेष नीति ल्याउनुपर्ने माग गर्दै आएका छौं तर पर्याप्त नीतिगत व्यवस्था गर्न राज्यको ध्यान पुगेको छैन,’ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले भने, ‘यो राज्यको दायित्व भए पनि पूरा गरिरहेको छैन।’ 

मातृभाषा पत्रकारितालाई प्रवर्द्धन गर्नका लागि आवश्यक नीति बनाउन दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले यसमा सामूहिक प्रयास हुनुपर्ने बताए। सरकारी सञ्चारमाध्यममा मातृभाषालाई केही स्थान प्रदान गरिए पनि त्यो पर्याप्त नभएको उनले बताए। मातृभाषा पत्रकारिताको प्रवर्द्धनमा सम्बन्धित समुदायले समेत प्रभावकारी भूमिका खेल्न नसकेको अध्यक्ष गुरुङको भनाइ थियो। ‘नीतिगत रूपमा सुधार नगरेसम्म हाम्रा सवालहरू सम्बोधन हुन सक्दैन। त्यसैले हामीले त्यसका निम्ति सामूहिक रूपमा प्रयास गर्न जरूरी छ। समुदायले पनि यसमा अग्रसरता लिनुपर्छ,’ अध्यक्ष गुरुङले भने। लगानी अभावले पनि समुदाय केन्द्रित सञ्चारमाध्यमको अवस्था कमजोर बन्न पुगेको उनले बताए।

कार्यक्रममा ‘आदिवासी तामाङ पत्रकारिता : हिजो, आज र भोलि’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले आदिवासी जनजातिहरूको प्रथाजनित सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले तामाङ पत्रकारहरूले उठाउनुपर्ने विषयहरूको बारेमा विस्तृत रूपमा जानकारी दिएका थिए। ‘हाम्रो परम्परागत तथा प्रथाजनित विषयहरू लोप हुँदै गएका छन्। परम्परागत सञ्चार प्रणाली, उपचारपद्धतिलगायत संस्कारजन्य कुराहरूको बारेमा कलम चलाउन जरुरी छ,’ उनले भने, ‘मुलधारका सञ्चारमाध्यमले नसमेट्ने विषयहरू हामीले आफ्नै मिडिया स्थापना गरेर प्रचारप्रसारमा ल्याउन जरुरी छ।’ 

आदिवासी समुदाय केन्द्रित केही सञ्चारमाध्यम सञ्चालनमा आए पनि पर्याप्त नभएको उनले बताए। यस्ता सञ्चारमाध्यमले निरन्तरता पाउन नसक्नु नै प्रमुख चुनौती रहेको उनले औंल्याएका थिए।  

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले मूलधारका सञ्चारमाध्यमले तामाङ समुदायको सवाललाई स्थान नदिने भएकाले समुदाय केन्द्रित सञ्चारमाध्यमलाई नै प्रभावकारी रूपमा अगाडि बढाउन जरूरी रहेको बताए। यसका लागि तामाङ सञ्चारकर्मीहरूले संस्थागत रूपमा अगाडि बढाउने कार्यक्रममा घेदुङको साथ रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सञ्चु ब्लोनले मातृभाषा पत्रकारितामा निरन्तरताको चुनौती रहेको बताइन्। उनले मातृभाषा पत्रकारितामा आकर्षण घट्नुको मुख्य कारण आर्थिक रहेको बताउँदै यस क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूलाई व्यावसायिक बनाउँदै लैजानुपर्नेमा जोड दिइन्। मातृभाषा पत्रकारिता कमजोर हुँदै जाँदा समुदायको आवाजलाई बाहिर ल्याउन र समाजमा रहेका भाषिक, सांस्कृतिक विषयहरूको संरक्षण गर्न चुनौती हुने उनको भनाइ थियो।

तामाङ पत्रकार संघका पूर्वअध्यक्ष प्रतीक तामाङले तामाङ प्रसारण सुरू भएको २७ वर्षमा के कस्ता उपलब्धि भए भन्नेबारे गहन समीक्षा हुनुपर्ने बताए। तामाङ पत्रकारहरूलाई व्यावसायिक बनाउँदै भाषिक तथा समुदाय केन्द्रित पत्रकारिताको समेत प्रवर्द्धन गर्न संस्थागत रूपमा अझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उनले औंल्याए।

संघका अध्यक्ष विष्णु तामाङले कोरोना महामारीका कारण भौतिक रूपमा कार्यक्रम आयोजना गर्न नसकिएको जानकारी दिए। उनले ‘भर्चुअल’ कार्यक्रममार्फत् तामाङ पत्रकारिता तथा समुदायका विभिन्न विषयमा अन्तरक्रिया गर्ने क्रमलाई निरन्तरता दिने जानकारी दिए।

२०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ समुदायले तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ। यसै सन्दर्भमा तामाङ पत्रकार संघले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ। संघका विभिन्न जिल्ला शाखाहरूले समेत कार्यक्रमसहित प्रसारण दिवस मनाएको संघले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै
इकोमा सडक भासिँदा तातोपानी नाका ठप्प
सम्बन्धित सामग्री
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा कार्यप्रगति विवरण प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका सदस्यसचिव रविन्द्रलाल पन्थले पर्याप्त पू... सोमबार, असार २९, २०८३
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता पीडित परिवारसँग सरकारको ९ बुँदे सहमति भएको थियो । जाहेरी अनुसार अनुसन्धान र अन्य कानुननी प्रक्रिया सुरु भएको जिल्ला प्रहरी परिसर काठ... सोमबार, असार २९, २०८३
गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईल... सोमबार, असार २९, २०८३
ताजा समाचारसबै
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव सोमबार, असार २९, २०८३
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता सोमबार, असार २९, २०८३
गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै सोमबार, असार २९, २०८३
इकोमा सडक भासिँदा तातोपानी नाका ठप्प सोमबार, असार २९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्