काठमाडौं- अमेरिकाले उद्धार गरी नेपाल फर्किएका नेपालीहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।
कतिपयले त्यहाँको अवस्था दर्दनाक रहेको र कतिपयले सोचेजस्तो नभएको बताएका छन्।
मंगलबार कतार हुँदै त्रिभुवन विमानस्थलमा आइपुगेकाहरुले त्यहाँ रहेका नेपालीहरुको बसाइ क्षेत्र अनुसार फरकफरक अवस्था हुनसक्ने बताए।
उनीहरुले अफगानिस्तानमा रहेका नेपालहरुको संख्या र अवस्था यस्तै छ भनेर भन्न नसकिने बताएका छन्। 'यहाँबाट सोचेको जस्तो भयावह स्थिति छैन', एक नेपालीले त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिए।
अर्का नेपालीले भने अवस्था नाजुक रहेको भन्दै त्यहाँको दर्दनाक अवस्थालाई शब्दमा बयान गर्न नसकिने बताए।
आफूहरु अमेरिकी क्याम्पमा रहेकाले आफ्नो अवस्था सहज रहेको र सहजै स्वदेश फर्किन पाएको त्रिभुवन विमानस्थल उत्रिएकाहरुको भनाइ थियो। तर, त्यसभन्दा बाहिर बस्नेहरुको अवस्था जटिल हुनसक्ने उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।