काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।आज तेजावी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलकार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले उकालो लागेको महासंघले जनाएको छ।
सोमबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।