तस्वीर: नेपाल लाइभ
काठमाडौं- अफगानिस्तानबाट काठमाडौं आइपुगेका १ सय २७ नेपालीको विमानस्थलमा कोरोना परीक्षण थालिएको छ।
मंगलबार विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एअरलाइन्समार्फत उनीहरुलाई ल्याइएको हो।
विमानस्थलमा अवतरण गरेसँगै उनीहरुको कोरोना परीक्षण सुरु गरिएको हो। एन्टिजेन विधीबाट उनीहरुको कोरोना परीक्षण भइरहेको हो।
नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा लिने छ। स्वास्थ्य परीक्षणपछि उनीहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ।
तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।