तस्वीर : नेपाल लाइभ
काठमाडौं- अफगानिस्तानबाट १ सय २७ नेपाली ११ बजे काठमाडौं आइपुग्ने भएका छन्। तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै त्यहाँ रहेका नेपाली स्वदेश फर्कन लागेका हुन्।
अमेरिकी र क्यानडाली क्याम्पसहितका विभिन्न क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन लागिएको हो।
काबुल विमानस्थलबाट दोहा पुगेका उनीहरु दोहादेखि जजिरा एअरलाइन्सबाट काठमाडौं आउने छन्।
नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा लिने छ। स्वास्थ्य परीक्षणपछि उनीहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ। त्यसका लागि नेपाली सेना विमानस्थल क्षेत्रमा खटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।