काठमाडौं– मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ। अहिले प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
आज(मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको भनाइ छ। दिउँसो प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई  स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।