काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा रहेका १३४ जना सरकारको सम्पर्कमा आएका छन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त जानकारी दिएकी हुन्।
तालिबानले कब्जा गरेपछि तनावग्रस्त बनेको अफगानिस्तानबाट नेपाली नागरिकलाई उद्धार गर्न सरकारले आइतबार एक समिति बनाएको थियो।
आइतबार नै परराष्ट्र मन्त्रालयले सूचना जारी गरी भाइबर र ह्वाट्स एपमा जोडिन अफगानिस्तानमा रहेका नेपालीहरुलाई अपिल गरेको थियो।
मन्त्रालयको सोही सूचनाका आधारमा १३४ जना नेपाली सम्पर्कमा आएको प्रवक्ता लम्सालले बताइन्। त्यहाँ रहेका अन्य नेपाली पनि सम्पर्कमा आउने क्रम जारी रहेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।