• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

'चमत्कार' बनेको अफगान क्रिकेटको भविष्य तालिबानी शासनमा के होला?

64x64
प्रकाश गुरागाईं सोमबार, साउन ३२, २०७८  २०:४५
1140x725
तस्वीर : पाकिस्तान इन्साइडर

तालिबानी विद्रोहीहरु आइतबार अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्दै गर्दा चर्चित क्रिकेटर राशिद खान इङ्ल्यान्डमा ‘द हन्ड्रेड मेन्स कम्पिटिसन’ क्रिकेट खेलिरहेका थिए। ट्रेन्ट रकेट्सको तर्फबाट खेलेका खानले २० बलमा १६ रन दिँदै तीन विकेट लिए। उनले म्यानेचेस्टर ओरिजिनल्सका दुई ब्याट्स्म्यानको क्याच पनि लिए।

ठिक त्यहीबेला उनको देश अफगानिस्तानमा भने ‘उथलपुथल’ भइसकेको थियो। आफ्नो देशमा ‘बलपूर्वक’ भइरहेको सत्ता परिवर्तनको घटनाबाट उनी चिन्तित थिए। स्काइ स्पोर्ट्सको प्रत्यक्ष प्रसारणमा इंग्ल्याण्डका चर्चित क्रिकेटर केभिन पिटरसनले भनेका थिए, ‘देश (अफगानिस्तान) मा धेरै ठूलो घटना भइरहेको छ, यसबारे बाउन्ड्री लाइनमा हामीले (पिटरसन र खानले) लामो कुराकानी गर्‍यौँ। आफ्नो परिवारलाई अफगानिस्तानबाट बाहिर निकाल्न नसकेकोमा उनी दु:खी छन्।’

तालिबान लडाकुहरु आइतबार बिहान काबुल पसिरहँदा खानले ट्विट गर्दै ‘पिस’ अर्थात् शान्ति लेखेका थिए। त्यसपछि अँजुलीको तीन वटा र अफगानिस्तानको झन्डाको तीन वटा इमोजी राखेका थिए। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले भने त्यही बेला आधिकारिक ट्विटर ह्यान्डलबाट यू–१५ क्रिकेटर क्वासी अहमदलाई जन्मोत्सवको शुभकामना दिएको थियो।

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि अब क्रिकेटको भविष्य अनिश्चत भएको छ। यसअघि तालिबानहरु सन् १९९६ मा सत्तामा आउनेबित्तिकै क्रिकेटलगायत सबै खेलमाथि प्रतिबन्ध लगाएका थिए। खेलकुदतर्फ ध्यान जाँदा धार्मिक क्रियाकलाप प्रभावित हुने उनीहरुको तर्क थियो। भलै, सन् २००० मा क्रिकेटमाथिको प्रतिबन्ध हटाएका थिए।

यो पनि पढ्नुहोस्

को हुन् तालिबान? कस्तो हुन्छ उनीहरुको शासन?

अफगानी क्रिकेटको भविष्य अब बन्ने सरकारको व्यवहारमा भर पर्ने नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्। तालिबान सरकारको समर्थनविना त्यहाँ क्रिकेट नटिक्ने चन्दको भनाइ छ। ‘अहिलेको क्रिकेट बोर्डलाई तालिबान सरकारसँग काम गर्न पक्कै सजिलो हुँदैन। कतिपय त ज्यान जोगाएर भागेका छन्। तर, तालिबानले पहिलाजस्तो प्रतिबन्ध नै लगाउने व्यवहार नगर्ला,’ चन्द भन्छन्।

तालिबानले विभिन्न शहर कब्जा गर्दै काबुलतर्फ बढिरहेको बेला आफूले एसीबीका अपरेसनल म्यानेजरसँग सम्पर्क गर्न खोजे पनि संभव नभएको उनले बताए। ‘सबै लुकेरै बसेका हुन सक्छन्, मैले पठाएको म्यासेजको जवाफ आएको छैन। अब त्यहाँको क्रिकेट र क्रिकेट बोर्डको भविष्य के हुन्छ भन्न सकिँदैन, तालिबानले गर्ने व्यवहार र आईसीसीको निर्णयमा भर पर्छ,’ चन्द भन्छन्।

संभावित तालिबान शासनबारे त्यहाँका खेलाडी पनि चिन्तित रहेको राशिद खानको एक हप्ताअघिको ट्विटले पुष्टि गर्ने चन्दको भनाइ छ। तालिबानले महत्वपूर्ण शहरहरु कब्जा गर्दै गर्दा राशिद खानले विश्वका नेताहरुसँग आफ्नो देशलाई लथालिङ्ग नछाड्न तथा अफगानहरुलाई मार्न र अफगानिस्तानलाई ध्वस्त गर्नबाट रोक्न आह्वान गरेका थिए। उनले लेखेका थिए- ‘हजारौँ निर्दोष नागरिक, महिला र केटाकेटीसमेत हरेक दिन शहीद भइरहेका छन्। हजारौँ परिवार विस्थापित छन्....’

Dear World Leaders! My country is in chaos,thousand of innocent people, including children & women, get martyred everyday, houses & properties being destructed.Thousand families displaced..
Don’t leave us in chaos. Stop killing Afghans & destroying Afghaniatan??.
We want peace.?

Ncell 2
Ncell 2
nimb
nimb
— Rashid Khan (@rashidkhan_19) August 10, 2021

राशिद खान तिनै खेलाडी हुन्, जसले पाकिस्तानी शरणार्थी शिविरमा क्रिकेट सिकेका थिए। उनी मात्र होइन, अहिले अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीबाट खेलिरहेका मोहम्मद नाबी, सामिउल्लाह सिनवारी लगायत खेलाडीले पाकिस्तानी शरणार्थी शिविरमा क्रिकेट सिकेका हुन्।

शरणार्थी शिविरमै क्रिकेट बोर्ड स्थापना
अफगानिस्तानमा १९औँ शताब्दीमा भएको अंग्रेज–अफगान युद्धताका क्रिकेट भित्रिएको मानिन्छ। त्यति बेला बेलायती सेनाले काबुलमा क्रिकेट खेल्ने गरेका थिए। तर, त्यहाँ क्रिकेट संस्थागत हुन सकेन।

पछि अफगानिस्तानमा सोभियत संघका सैनिक पसे। उनीहरुले सन् १९८८ मा अफगानिस्तान छाडेपछि इस्लामिक अतिवादी संगठन मुजाहिद्दिन सत्तामा आए। मुजाहिद्दिनको शासनकालमा धेरै अफगानी शरणार्थी बनेर पाकिस्तान छिरे। पाकिस्तानी खेलाडीबाट प्रभावित भएर त्यहाँको शरणार्थी शिविरमा क्रिकेट लोकप्रिय भयो। अनि शरणार्थीहरुले नै सन् १९९५ मा अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) स्थापना गरे।

सन् १९९६ मा मुजाहिद्दिनलाई हटाएर अर्को इस्लामिक अतिवादी संगठन तालिबान सत्तामा आयो। सत्तामा आउनेबित्तिकै उसले सबै प्रकारका खेलमा प्रतिबन्ध लगायो। तर, सन् २००० मा तालिबानीहरुले क्रिकेटमाथिको प्रतिबन्ध हटाए। उनीहरुले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई पत्र लेखेर अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सदस्यताका लागि सहयोग गर्न आह्वान पनि गरे।

त्यसको अर्को वर्ष, २००१ मा तालिबानी शासक सत्तामा हुँदै अफगानिस्तानले आईसीसीको एफिलिएटेट सदस्यता पायो। त्यसकारण यसपटक तालिबानले क्रिकेट विकासमा अवरोध हुने र टेस्ट मान्यता खोसिने गरी कुनै कदम नचाल्ने क्यान अध्यक्ष चन्दको अनुमान छ। काबुल कब्जा गर्नुअघि अन्य शहरमा उनीहरुले गरेका गतिविधिले भने शंका गर्ने ठाउँ दिएको छ। उनीहरुले पहिलाजस्तै पुरुषले दाह्री पाल्नुपर्ने र महिलाले बुर्का लाउनुपर्ने नियममा कडाइ गरेका छन्।

१३ वर्षमा टेस्ट मान्यता
अफगानिस्तानले अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको १३ वर्षमा नै टेस्ट क्रिकेटको मान्यता पाएको हो। उसले आईसीसीको एफिलिएटेट सदस्य भएको तीन वर्षपछि मात्र पहिलो अन्तराष्ट्रिय क्रिकेट खेलेको थियो। सन् २००३ एसियन क्रिकेट काउन्सिल (एसीसी) को सदस्यता पाएको अफगानिस्तानले अर्को वर्ष सन् २००४ मा मेलिसियामा भएको एसीसी ट्रफीमा भाग लिएको थियो। अफगानिस्तानको पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता यही थियो।

सन् १९९६ देखि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको नेपाल पनि एसीसी ट्रफी खेल्न मलेसिया पुगेको थियो। तर, फरक समूहमा परेका कारण नेपाल र अफगानिस्तानले एक–आपसमा प्रतिस्पर्धा गरेनन्। प्रतियोगितामा अफगानिस्तान क्वाटरफाइनलबाट बाहिरिएको थियो।

यो पनि पढ्नुहोस्

मुल्ला गनी बरादर र हिब्तुल्लाह अखुन्दजादामध्ये कसले सम्हाल्ला तालिबानको सत्ता?

अफगानिस्तानले सन् २००७ मा एसीसी टी२० ट्रफीको उपाधि ओमानसँगै संयुक्त रुपमा जितेको थियो। यो नै उसको पहिलो अन्तराष्ट्रिय उपाधि थियो। उक्त प्रतियोगितामा अफगानिस्तान र नेपाल एउटै समूहमा थिए। नेपाललाई अफगानिस्तानले ६ विकेटले पराजित गरेको थियो। नेपालले २० ओभरमा ७ विकेट गुमाएर १२१ रन मात्र बनाएको थियो। नेपालका लागि परेश लोहनीले सर्वाधिक ४५ रन बनाएका थिए।

अफगानिस्तानले २०१० मा एसीसी ट्रफी एलिटको उपाधि जित्दा फाइनलमा नेपाललाई नै हराएको थियो। उसले ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाएको थियो। तर, नेपाल भने १२९ रनमा अलआउट भएको थियो। नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ३५ र ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए।

त्यसपछि अफगानिस्तान क्रिकेटको शक्ति राष्ट्रको रुपमा अघि बढ्यो। सन् २०१३ मा उसले आईसीसीको एसोसिएट सदस्यता प्राप्त गर्‍यो। एसोसिएट सदस्य भएको चार वर्षपछि नै सन् २०१७ मा अफगानिस्तान आईसीसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) भयो। आईसीसीको एफिलिएटेट सदस्य भएको सबैभन्दा छोटो समय (१६ वर्ष) मा टेस्ट राष्ट्र हुने देश अफगानिस्तान नै हो। युद्धले छियाछिया पारेको अफगानिस्तानको क्रिकेटमा भएको यो एकखाले चमत्कार जस्तै थियो।

अहिले अफगानिस्तान आईसीसीको टेस्ट र ओडीआई वरीयतामा १० नम्बर र टी२० आई वरीयतामा सात नम्बरमा छ। कुल ६ टेस्ट खेल्दा तीन खेल जितेर तीन खेलमै हार बेहोरेको छ। टी२० अन्तराष्ट्रियमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान अफगानिस्तानकै नाममा छ। २३ फेब्रुअरी २०१९ मा आयरल्यान्डविरुद्ध भारतको देहरादुनमा भएको खेलमा अफगानिस्तानले २७८/३ को कीर्तिमानी ब्याटिङ गरेको थियो।

अफगानिस्तानले सन् २०१० मा महिला क्रिकेट टीम पनि बनाएको थियो। उसले महिला खेलाडीलाई बुर्का वा हिजाब लगाउन उनीहरुकै इच्छामा छाडिदिएको थियो। तर, अब तालिबानले सत्ता हातमा लिएसँगै महिला क्रिकेटको भविष्य संकटमा परेको छ। पुरुषहरुलाई क्रिकेट खेल्न दिए पनि महिलाको खेलमाथि प्रतिबन्ध लाग्ने संभावना बढी छ।

घरेलु मैदानमा खेल्न पाउला?
अफगानी खेलाडीले आफ्नो देशमा अहिलेसम्म अन्तराष्ट्रिय क्रिकेट खेल्न पाएका छैनन्। सुरक्षा र आईसीसीको मापदण्डअनुसारको भौतिक संरचना नहुँदा अन्य देशका रंगशालालाई नै ‘होम भेन्यु’ मानेर उसले क्रिकेट खेल्दै आएको छ। राष्ट्रिय खेलाडीहरु पनि अधिकांश समय देशबाहिरै हुन्छन्।

उनीहरुले सन् २०१० मा श्रीलंकालाई ‘होम भेन्यु’ बनाएका थिए। त्यहाँ इन्टरकन्टिनेन्टल कपमा आयरल्यान्डविरुद्ध खेल्दै जित हासिल गरेका थिए। त्यसपछि सन् २०१६ सम्म यूएईको सारजहाँ स्टेडियमलाई होम भेन्यु बनाए। सन् २०१७ मा भारतको ग्रेटर नोयडा क्रिकेट स्टेडियम र त्यसपछि देहरादून तथा लखनउलाई होम भेन्यु बनाएर विभिन्न देशसँग अन्तराष्ट्रिय क्रिकेट खेले।

पछिल्लो समय अफगानिस्तानले फेरि यूएईलाई नै होम भेन्यु बनाउँदै आएको छ। एसीबीले गएको जनवरीमा भने अब होम भेन्यु ओमानलाई बनाउन संभावनाको खोजी गरिने घोषणा गरेको छ। तर, तालिबानले सत्ता लिएपछि एसीबीको भविष्य नै के हुन्छ भन्ने निश्चित छैन।

अफगानिस्तानमा क्रिकेट रंगशाला नभएका भने होइनन्। सुरक्षाका कारण अन्य देशका खेलाडी त्यहाँ जाने अवस्था छैन। अफगानिस्तानकै खेलाडी पनि कहिले भारत त कहिले युएईमा बसेर अन्तराष्ट्रिय प्रतियोगिताहरुको तयारी गर्छन्।

अफगानिस्तानले सन् २०११ मा नै १४ हजार दर्शक अटाउने शेरजाइ क्रिकेट स्टेडियम जलालाबादमा बनाएको छ। काबुलमा ६ हजार दर्शक अटाउने क्रिकेट रंगशाला छ। गएको डिसेम्बरमा काबुलमै ३५ हजार दर्शक अटाउने भव्य रंगशाला बनाउने घोषणा पनि गरेको छ।

त्यसबाहेक मजार–इ–सरिफको बाल्ख क्रिकेट स्टेडियम, कुन्दुजको कुन्दुज क्रिकेट स्टेडियम, खोस्टको खोस्ट क्रिकेट स्टेडियममा पनि घरेलु प्रतियोगिता हुन्छन्। कान्धाहार इन्टरनेशनल क्रिकेट स्टेडियम बनिरहेको छ। एसीबीले सन् २०१० मा नै सबै ३४ प्रान्तमा स्तरीय क्रिकेट मैदान बनाउने घोषणा गरेको थियो। प्रायः प्रान्तमा मैदान बन्ने क्रममा छन्। तर, तालिबानले सत्ता हासिल गरेपछि यी स्टेडियमको भविष्य के हुने भन्ने अन्योल भएको छ।

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
एनपीएल–३ को सेड्यूल सार्वजनिक, लुम्बिनी र सदुरदपश्चिमबीच कात्तिक ९ गते पहिलो खेल सार्वजनिक तालिका अनुसार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दोस्रो भएको सुदूरपश्चिम रोयल्सबीच कात्तिक १० गते सोमबार हुन... शनिबार, असोज ३, २०८३
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको अनुभव टोलीसँग रहेको र यसपटक पनि रा... शनिबार, असोज ३, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान अफगानिस्तानविरुद्धको शृंखलाको तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतका ओपनर अभिषेक शर्माले पहिलो बलमै छक्का प्रहार गर्दै आक्रामक सुरुआत... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड शनिबार, असोज ३, २०८३
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी शनिबार, असोज ३, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्