• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मुल्ला गनी बरादर र हिब्तुल्लाह अखुन्दजादामध्ये कसले सम्हाल्ला तालिबानको सत्ता?

64x64
नेपाल लाइभ सोमबार, साउन ३२, २०७८  ०९:१०
1140x725

काठमाडौं- तालिबानले अफगानिस्तानमा कब्जा गरेको छ। अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन्।

अब अफगानिस्तानको सत्ता तालिबानका कुन नेताको हातमा जाने छ भन्ने आम चासो छ। दुई जनाको नाम बढी चर्चामा रहेको बीबीसीले जनाएको छ, मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा। तालिबान भित्र यी दुई नेताको भूमिका कस्तो छ?

मुल्ला अब्दुल गनी बरादर

मुल्ला अब्दुल गनी बरादर ती चारमध्ये एक हुन जसले १९९४ मा तालिबानको गठन गरेका थिए। सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण भएपछि तालिबानलाई सत्ताबाट हटाइयो। तब, बरादर नेटो सैन्य बलविरुद्ध विद्रोहका प्रमुख बनेका थिए। 

पछि फेब्रुअरी २०१० मा अमेरिका र पाकिस्तानको एक संयुक्त अभियानका क्रममा उनी पाकिस्तानको कराची शहरबाट पक्राउ परेका थिए। 

यो पनि पढ्नुहोस्

को हुन् तालिबान? कस्तो हुन्छ उनीहरुको शासन?

२०१२ सम्म मुल्ला बरादरका बारेमा धेरै जानकारी थिएन। त्यस समय अफगानिस्तान सरकार शान्ति वार्तालाई अघि बढाउनका लागि जो बन्दी रिहाको माग गर्थ्यो त्यस सूचीमा बरादरको नाम मुख्य हुने गरेको थियो। 

सेप्टेम्बर २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गरिदियो। तर उनी पाकिस्तानमा नै बसे कि अन्तै गए भन्नेबारे स्पष्ट थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

मुल्ला बरादर तालिबानका नेता  मुल्ला मोहम्मद उमरका सबैभन्दा विश्वासपत्र सेना र डिपुटी थिए। उनी पक्राउ परेका समयमा तालिबानका दोस्रा ठूला नेता थिए। 

अफगानिस्तान प्रशासनका वरिष्ठ अधिकारीलाई सधैं लाग्थ्यो कि, कतारले बरादरमार्फत तालिबानलाई शान्ति वार्ताका लागि मनाउन सक्छ। 

सन् २०१८ मा जब कतारमा अमेरिकासँग वार्ताका लागि तालिबानले ढोका खोल्यो तब तालिबानले उनलाई राजनीतिक दलको प्रमुख बनाएको थियो। 

मुल्ला बरादर सधैं अमेरिकासँगको वार्ताको समर्थन गर्थे। तालिबान गठनपछि उनले कमाण्ड र रणनीतिकारको भूमिका निभाएका थिए। 

मुल्ला उमर जिवित रहँदा उनी तालिबानका लागि खाना जुटाउने र रोजमर्रा गतिविधीका प्रमुख थिए। उनी अफगानिस्तानका सबै युद्धमा तालिबानका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति हुन् र खास गरेर हेरात र काबुल क्षेत्रमा उनी सक्रिय थिए। 

तालिबान सत्ताबाट हट्ने बेलामा उनी सहायक रक्षा मन्त्री थिए। उनकी पत्नी मुल्ला उमरकी बहिनी रहेको र तालिबानको सबै हिसाब किताब उनले राख्ने गरेका जनाइएको छ। अफगान सुरक्षाबल विरुद्धको सबैभन्दा महत्वपूर्ण हमलाको नेतृत्व उनले गरेको बीबीसीले जनाएको छ। 

तालिबानका अन्य नेता जस्तै उनीमाथि पनि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो। इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरूजन्गान प्रान्तको देहरावुड जिल्लामा १९६८ मा भएको थियो। 

हिब्तुल्लाह अखुन्दजादा 

तालिबानका नेता हिब्तुल्लाह अखुन्दजादा इस्लाम धर्मका विद्वान हुन्। उनी कान्धारबाट आएका हुन्। उनले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा पुर्‍याएको मानिन्छ। 

तालिबानको गढ कान्धारसँग उनको सम्बन्धका कारण तालिबानमा आफ्नो पकड बनाउन उनी सफल भएका हुन्। १९९० को दशकमा उनले सोभियत संघविरुद्ध अफगानिस्तानका बिद्रोही कमाण्डरको भूमिका निर्वाह गरेका थिए। तर उनको पहिचान सैन्य कमान्डरको तुलनामा एक धार्मिक विद्वानको रुपमा धेरै थियो। 

उनी अफगान तालिबानका प्रमुख बन्नुअघि पनि तालिबानका शीर्ष नेतामा पर्थे र धर्मसँग सम्बन्धित आदेश दिन्थे। उनले दोषी पाइएका हत्यारा र अवैध यौन सम्बन्ध राख्नेहरुको हत्या र चोरी गर्नेको हात काट्न आदेश दिएका थिए। 

हिब्तुल्लाह तालिबानका पूर्व प्रमुख अख्तर मोहम्मद मन्सूरका सहायक थिए। मन्सूरको २०१६ मा अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो। मन्सूरले आफ्नो वसीयतमा हिब्तुल्लाहलाई उत्तराधिकारी घोषणा गरेका थिए। 

पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेट तालिबानी शीर्ष नेताहरुसँग भएको थियो।  उनीहरुले नै उनलाई तालिबानको प्रमुख बनाएका थिए। समाचार एजेन्सी एएफपीका अनुसार वसीयत पत्र उनको नियुक्तिलाई वैधता दिनका लागि बनाइएको थियो। तर, तालिबानले उनको चयनलाई सर्वसम्मितिबाट भएको निर्णय बताएको छ। 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको वडा अधिवेशन प्रक्रिया जारी, ३९ जिल्लाका ३३० वडामा अधिवेशन सम्पन्न
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
ह्वाइट हाउसमा सीएनएन, पोलिटिको र एमएस नाउलाई ट्रप्पले किन गरे प्रवेशमा प्रतिबन्ध ? शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे 'झूटो र काल्पनिक समाचार' निरन्तर प्रका... शनिबार, असोज ३, २०८३
मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन् । माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरम... शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो स... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन प्रक्रिया जारी, ३९ जिल्लाका ३३० वडामा अधिवेशन सम्पन्न शनिबार, असोज ३, २०८३
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड शनिबार, असोज ३, २०८३
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्