एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच त्रिपक्षीय बैठक सुरु भएको छ ।
चीनको सेन्जेनमा जारी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा बिहीबार तीन देशका राष्ट्रप्रमुखबीच उच्चस्तरीय वार्ता सुरु भएको हो।
अब पूरै संसारको ध्यान यो बैठक र यसमा हुने निर्णयमा केन्द्रित रहेको छ । विश्वका तीन महाशक्तिबीच ८० वर्षपछि भएको यो शिखर बैठकलाई धेरैले ‘याल्टा २.०’ को संज्ञासमेत दिएका छन् ।
विश्वका तीन प्रमुख महाशक्तिका नेताहरू पहिलोपटक एउटै मञ्चमा बसेर छलफलमा जुटेपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान यस बैठकमा केन्द्रित भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।