काठमाडौं– काठमाडौंं उपत्यकाको फोहोर उठ्न छाडेको छ। वर्षाका कारण नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइट जाने बाटो बिग्रिएसँगै फोहोर उठाउने काम अवरुद्ध भएको हो।
वर्षाले करिब ८० मिटर बाटो बगाएकाले फोहोर बोकेका गाडी जान नसकेको हो। बाटो बिग्रिएसँगै काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बाटोमै रोकिएपछि काठमाडौंका सडकमा समेत फोहोर थुप्रिन थालेको छ। 
यसैबीच, सडकमा फोहोर थुप्रन थालेसँगै काठमाडौं महानगरपालिकाले घरबाहिर फोहोर ननिकाल्न अपिल गरेको छ।
महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकाले घरबाट फोहोर ननिकाल्न आग्रह गरेको हो।
ल्यान्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउने विज्ञप्तिमा उल्लेख छ।
महानगरपालिकाले फोहोर नउठाएपछि काठमाडौंका सडकमा फोहोर थुप्रिन सुरु भइसकेको छ।





                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।