काठमाडौं– केन्द्रीय अखिल फोर्सले शंकरदेव कलेजमा स्यानिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ। 
सोमबार आयोजित एक कार्यक्रमबीच अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा अखिल फोर्सले क्याम्पसमा स्यानिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो। 
देशभरका विद्यार्थीका मागलाई सम्बोधन गर्ने र शैक्षिक मुद्दामा केन्द्रित हुने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताए। 
देशभरका आंगिक क्याम्पसमा क्रमशः स्यानिटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने उनले बताए । 
आंगिक कलेजका शौचालयमा यस्ता समस्या रहेको उल्लेख गर्दै क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले महिलाका लागि गरेको यो काम उल्लेखनीय बताइन्। 
कलेजमा महिलालाई पर्ने समस्याबारे कसैले पनि ध्यान नदिएको बताउँदै त्यसलाई मध्यनजर गरेर यो अभियान सुरु गरेको अखिल फोर्सले बताएको छ।
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।