काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा सय रुपैयाँले घटेको हो। आज तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको हो।
आज चाँदी १२ सय रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।