फाइल तस्वीर
काठमाडौं– वर्षासँगै आज देशका विभिन्न नदीमा जल सतह बढ्ने जल तथा मौसम विज्ञान विज्ञान विभागले जनाएको छ। आज कमला नदी तथा मेलम्ची एवं इन्द्रावती नदीमा बहाव बढ्नसक्ने जनाइएको छ।
विभागद्वारा जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार सोमबार देशका केही नदीमा जल सतह उच्च हुने उल्लेख छ।
तमोर, अरुण, दुधकोशी, मेलम्ची, इन्द्रावती, सुनकोशीलगायत नदीमा बहाव बढ्ने बुलेटिनमा उल्लेख छ। त्यसैगरी, कन्काई, बागमती, पूर्वी राप्ती र तिनाउमा समेत बहाव बढ्ने विभागले जनाएको छ।
विशेषगरी कमलामा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्नसक्ने पूर्वानुमान रहेको छ। नदी तटीय क्षेत्रमा बाढी तथा डुवानको सम्भावना रहेकाले सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ।
केही खोलाहरुमा आकस्मिक बहावको सम्भावना रहेको समेत विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।