काठमाडौं- राष्ट्रिय योजना आयोगले पुजारी लक्ष्मण रम्तेललाई सम्मान गरेको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्मा र पण्डित दिनबन्धु पोखरेलले एक कार्यक्रममा खादा दोसल्लासहित उनलाई सम्मान गरेका हुन्।
केही समयअघि रम्तेललाई ललितपुर जिल्लास्थिति गौदामचौरमा रहेको गणेश मन्दिरको पुजारीमा नियुक्त गरिएको थियो।
कार्यक्रममा बोल्दै पण्डित पोखरेलले बेदपुराण शास्त्रमा विभेद नभएको बताएका छन्। आफू पनि जात ब्यवस्थामा विश्वास नगर्ने उनको भनाइ छ।
उनले भने, 'हिजोको पुर्खा पुस्ताले गरेको गलतीको आजका पुस्ताले क्षमायाचान गर्नुपर्छ।' उनले बैदिककालमा जे कर्म गरे त्यो नै वर्ण भएको र पछि कथित जातमा परिणत गरिएको बताए। उनले थपे, 'मनुस्मृति, जुन मनुले बनाएको संविधान हो। त्यो अहिले मान्नैपर्छ भन्ने छैन र त्यो शास्त्र पनि होइन।'
त्यसैले जातिय विभेद हटाउनका लागि सबैले आ-आफ्नो ठाउँ लाग्नुपर्ने उनले बताए। कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष विश्वकर्माले पनि विभेद जहाँबाट सुरु भयो, त्यसको अन्त्य पनि त्यही खोज्नुपर्ने बताएका छन्।
पुजारी रम्तेलसँगै पण्डित पोखरेल र अर्जुन रानालाई पनि सहजीकरण गर्न योगदान पुर्याए बाफत दोसल्ला खादा सहित सम्मान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।