काठमाडौं- न्याय सेवा आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा नायव महान्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गर्न सिफारिस गरेको छ।
आइतबार बसेको आयोगको बैठकले महान्यायाधिवक्ता कार्यालयमा रहेका भट्टराईलाई आयोगको सचिवको रुपमा सरुवा गरेको हो। आयोगमा रहेका सचिव कृष्णजीवी घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ।
त्यस्तै उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सरुवा गरिएको छ। वीरगञ्ज इजलासमा रहेका रजिष्ट्रार ठगेन्द्र कट्टेललाई उच्च अदालत पाटनमा ल्याइएको छ।
त्यस्तै न्याय समूहको द्वितीय श्रेणीमा रजिष्ट्रार रामनन्दप्रसाद अधिकारीलाई ओखलढुङ्गाबाट सर्वोच्च अदालत सरुवा गरिएको छ। उनीसहित १४ जनाको सरुवा गरिएको छ। न्याय समूहको तृतीय श्रेणीमा ६८ कर्मचारीको सरुवा गरिएको छ।
आयोगले कूल ८६ जना कर्मचारीको सरुवा सिफारिस गरेको छ। आयोगमा प्रधानन्यायाधीश, महान्यायाधिवक्ता, कानुनमन्त्रीलगायत रहेका छन्।
को कहाँ सरुवा भए?








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।