काठमाडौं– आइतबार सुनको मूल्य उकालो लागेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो।
आज चाँदी १२ सय ५ रुपैयाँ प्रतितोलामा खरीदविक्री भइरहेको छ। शुक्रबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।