काठमाडौं- सेवक नेपालको अध्यक्षमा यज्ञप्रसाद चौलागाईं चुनिएका छन्। संस्थाको सातौं साधारणसभा तथा चौथो अधिवेशनले चौलागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
यस्तै उपाध्यक्षमा गोविन्द गौतम, महासचिव काशीनाथ रिमाल, सचिव नेत्रनारायण पौडेल, कोषाध्यक्ष बुद्धप्रसाद गौतम र सहकोषाध्यक्षमा रामदत्त जोशी चयन भएका छन्। सदस्यमा देवलाल तिमल्सिना, केशवबहादुर सापकोटा, राजकुमार गौतम, तीर्थकुमारी राई र बुद्धिबहादुर शिवभक्तिलाई चयन गरिएको छ।
'जसका लागि कोही, उसैको लागि सेवक नेपाल' भन्ने मुल नाराका स्थापित संस्थाको अधिवेशन धुम्बाराहीस्थित स्मार्ट क्याफेमा आयोजना गरिएको थियो भने 'भर्चुअल' माद्यमबाटसमेत सहभागी गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।