काठमाडौं- केन्द्रीय महाधिवेशन प्रतिनिधि स्वतः हुनुपर्ने माग कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले गरेका छन्।
केन्द्रीय समितिको जारी बैठकमा उनीहरुले सामूहिक राजीनामा सभापति शेरबहादुर देउवालाई बुझाएका छन्। तर, देउवाले राजीनामा अस्वीकृत गरिदिएका छन्।
केन्द्रीय सदस्यसरह स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने उनीहरुको माग छ। विधानतः आमन्त्रित केन्द्रीय सदस्य स्वतः महाधिवेशनको प्रतिनिधि हुन पाउँदैनन्।
तल्लो तहबाट निर्वाचित भएर मात्रै महाधिवेशनको प्रतिनिधि हुन पाउने व्यवस्था हटाउन उनीहरुको माग छ। आमन्त्रित केन्द्रीय सदस्य करिब शतप्रतिशत देउवानिकट छन्। स्वतः महाधिवेशन बन्न पाउनुपर्ने उनीहरुको मागमा सभापति देउवा सकारात्मक रहेको उनीनिकट एक नेताले बताए।
विधान संशोधनका क्रममा तल्लो तहबाट केन्द्रीय सदस्य पनि चुनिएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने तर्क उठेको थियो। लामो विवादपछि केन्द्रीय सदस्य स्वतः महाधिवेशन बन्ने प्रावधानलाई निरन्तरता दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।