काठमाडाैं– कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप गर्ने व्यवस्था गरिएको छ।
कोभिड प्रभावित १९ हजार ७८६ ऋणीको ९३ अर्व ६३ करोड कर्जाको भुक्तानी अवधि थप भएको छ।
यसमध्ये, न्यून प्रभावित विभिन्न पेशा, उद्योग र व्यवसायका ७ हजार ६८८ ऋणीको ३० अर्ब ३ करोड कर्जाको भुक्तानी अवधि ६ महिना थपिएको छ।
राष्ट्र बैंकको शुक्रबार सार्वजनिक भएको मौद्रिक नीति अनुसार कोभिडले मध्यम प्रभावित भनि चिनिएका ७ हजार ८८७ ऋणीको २८ अर्ब २७ करोड कर्जाको भुक्तानी अवधि ९ महिना थपिएको छ।
अति प्रभावितका लागि एक वर्ष ऋण चुक्ता गर्ने अवधि बढाइएको छ। अति प्रभाविति ऋणीको संख्या ४ हजार १२ रहेको छ। कोभिडबाट अति प्रभावित ऋणीले १४ अर्ब ४७ करोड कर्जा भुक्तानी गर्नुपर्नेछ।
कोभिड–१९ बाट अति प्रभावित पर्यटन लगायत तोकिएका उद्योग व्यवसाय क्षेत्रका १९९ ऋणीको २० अर्ब ८६ करोड कर्जाको भुक्तानी अवधि २ वर्षको लागि थप गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।