काठमाडौं– नेपाल राष्ट्र बैंकले जागिरेहरुका लागि आधार दरमै ऋण दिने ब्यवस्था गर्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै विभिन्न पेशा व्यवसायमा रहेकालाई व्यावसायिक निरन्तरता कर्जा उपलब्ध गराउने घोषणा गरेका हुन्।
यस्तो ऋण २५ लाख रुपैयाँसम्म प्रदान गरिने मौद्रिक नीतिमा उल्लेख छ। डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक, अन्य कर्मचारीले यो ऋण पाउनेछन्।
यस्तो कर्जाको ब्याज दर जुन संस्थाबाट ऋण लिने हो त्यसको आधार दर बराबर हुने नीतिमा उल्लेख छ। धितो आवश्यक पने यो ऋण २ वर्षका लागि उपलब्ध हुनेछ।
त्यसैगरी, राष्ट्र बैंकले महिला उद्यमीलाई विनाधितो उपलब्ध गराउने ऋणको सीमा पनि बढाएको छ। यसअघि १५ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आएको यस्तो ऋण अब २० लाखसम्म उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।