काठमाडौं– शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाला सुन ८९ हजार ४ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो।
यस्तै, अघिल्लो दिन स्थिर रहेको चाँदीको मूल्य आज घटेको छ।
चाँदी अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो। आज चाँदी ११ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।