काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेद्वारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रस्ताव गरिएको छ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिकामा केन्द्रीय उपसभापति र महामन्त्रीलाई समान रकम २५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।
सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ। यस्तै, केन्द्रीय सदस्यका लागि १० हजार तोकिएको छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि ५ हजार प्रस्ताव गरिएको छ भने केन्द्रीय महासमिति सदस्यका लागि ७ हजार प्रस्ताव गरिएको छ।
प्रदेश सभापतिको उम्मेदवारका लागि १५ हजार, जिल्ला सभापतिको उम्मेदवार बन्न १० हजार, प्रतिनिधि सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्न ७ हजार, प्रदेश सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्नका लागि ५ हजार प्रस्ताव गरिएको छ।
सबै भन्दा कम रकम गाउँ/ नगरपालिकाको वडा सदस्यको पदका लागि एक सय रुपैयाँ प्रस्ताव गरिएको छ। गाउँ/ नगर वडा कार्यसमितिको सभापतिको पदका लागि ५ सय प्रस्ताव गरिएको छ।
तल्लो तहमा उम्मेदवार हुनेको शुल्क बढी राखिएको भन्दै केही केन्द्रीय सदस्यले परिमार्जनको माग गरेका छन्।
यस्तो छ प्रस्तावित शुल्कको सूची :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।