• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मेडिकल कलेजलाई सर्वोच्चको आदेश- काउन्सिलले तोकेभन्दा बढी भर्ना नगर्नू, नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनू

64x64
नेपाल लाइभ बिहीबार, साउन २८, २०७८  १५:१५
1140x725

काठमाडौं- सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट संख्या भन्दा धेरै स्वेदशी र विदेशी भर्ना गर्न नपाउने फैसला गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासले मेडिकल कलेजका विद्यार्थीहरुको समस्या धेरै भएको भन्दै दायर भएको एक मुद्दाको फैसलाको पूर्णपाठमा यस्तो निर्देशनात्मक आदेश गरेको हो।

एक भारतीय नागरिकले दायर गरेको रिटमा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले चार बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। नोबेल मेडिकल कलेजको मुद्दामा सर्वोच्चले मेडिकल कलेजहरुले प्रचलित कानुन बमोजिम कडाईका साथ अनुगमन गर्न भनेको छ। यस्तै, विराट मेडकल कलेजको मुद्दामा पनि अदालतले यही फैसला गरेको छ। 

नेपाल सरकारको सरोकारवाला निकाय, नेपाल मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयले तोकेको मापदण्ड एवम् भर्ना सिट संख्याको पालना भए नभएको सम्बन्धमा नियामक निकायको निर्णय, पत्र, निर्देशन तथा मापदण्ड र अदालतबाट  कुनै आदेश भएको भए सो आदेश कार्यान्वयन भए नभएको नियमित रुपमा निरीक्षण एवं अनुगमन गरी आवश्यक कारबाही गर्नू, गराउनू भनि सर्वोच्चले  फैसला सुनाएको छ।

सर्वोच्चले अनुगमनमा गएका व्यक्तिको कार्य सम्पादनमा व्यक्तिगत स्वार्थ वा कुनै पनि प्रकारको अन्य कैफियत देखिएमा निजलाई भविष्यमा यस प्रकृतिको निरीक्षण कार्यमा संलग्न नगर्नू, नगराउनू भनी सरकारको नाममा आदेश गरेको छ। सर्वोच्चले नोबेल मेडिकल कलेजलाई आगामी वर्षहरुमा नेपाल मेडिकल काउन्सिलले स्वीकृत गरेको सिट संख्या भन्दा बढी विद्यार्थी भर्ना गर्ने अन्य मेडिकल कलेजहरुको हकमा पनि उपरोक्त निर्देशनहरु अनिवार्यतः अख्तियार गरी निरन्तर कार्यान्वन गरिरहनु भनी आदेश जारी गरेको छ।

विपक्षीहरुलाई जानकारी दिई सोबमोजिम भए गरिएका कार्यको प्रतिवेदन तत्काल अदालतमा पठाउनू भनी नेपाल मेडिकल काउन्सिललाई लेखि पठाउन समेत फैसलामा भनिएको छ।  

Ncell 2
Ncell 2

यस्तो चार बुँदे आदेश 
क.   अब उप्रान्त नेपालमा संचालित मेडिकल कलेजहरुले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट संख्याभन्दा बढी स्वदेशी वा विदेशी विद्यार्थी भर्ना नगर्नू, नगराउनू। कुनै कारणवश बढी विद्यार्थी भर्ना गराएको देखिएमा तत्काल अर्को वर्षमा तोकिएको सिट संख्यामा नबढ्ने गरी सो अघिल्लो वर्षमा बढी भर्ना लिएको सिट संख्या बराबरका सिट नेपाल सरकारले प्रदान गर्ने अन्य छात्रवृत्ति सरह नै थप नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनू।
ख. उपर्युक्त बमोजिम संचालित मेडिकल कलेजहरुले प्रचलित कानुन बमोजिम नेपाल सरकारको सरोकारवाला निकाय, नेपाल मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयले तोकेको मापदण्ड एवम् भर्ना सिट संख्याको पालना भए नभएको सम्बन्धमा नियामक निकायको निर्णय, पत्र, निर्देशन तथा मापदण्ड र अदालतबाट  कुनै आदेश भएको भए सो आदेश कार्यान्वयन भए नभएको नियमित रुपमा निरीक्षण एवं अनुगमन गरी आवश्य्क कारबाही गर्नू, गराउनू।
ग.  मेडिकल कलेजहरुको निरीक्षण गर्न खटिएका अधिकारप्राप्त अधिकारीहरुबाट आफ्नो सेवा शर्त अनुरुप तथा निष्पक्षताका साथ कार्यसम्पादन गरे नगरेको बारे अनुगमन गरी निजहरुको कार्यसम्पादनको अभिलेख सम्बन्धित निकायहरुको जिम्मेवार अधिकृतमार्फत् राख्न लगाई निजहरुमध्ये कसैको कार्य सम्पादनमा व्यक्तिगत स्वार्थ वा कुनै पनि प्रकारको अन्य कैफियत देखिएमा निजलाई भविष्यमा यस प्रकृतिको निरीक्षण कार्यमा संलग्न नगर्नू नगराउनू।
घ. नोबेल मेडिकल कलेजले शैक्षिक सत्र २०७२/०७३ को लागि एमबीबीएस शैक्षिक कार्यक्रममा नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट संख्याभन्दा बढी भर्ना लिएको र पुनरावेदन अदालत पाटनको मिति २०७२/८/१६ को आदेश बमोजिम गरेको नदेखिएकोले आगामी वर्षहरुमा सम्बन्धित वर्षको लागि निर्धारित कुल सिट संख्यामा नबढ्ने गरी शैक्षिक सत्र २०७२/०७३ मा बढी भर्ना लिएका विद्यार्थी संख्याको ५ भागको १ भाग सिट संख्याको दरले आगामी ५ वर्षसम्म प्रत्येक वर्ष नेपाल सरकारले उपलब्ध गराउने नेपाली विद्यार्थीको छात्रवृत्ति संख्यामा थप गर्ने व्यवस्था मिलाउनू। साथै,आगामी वर्षहरुमा नेपाल मेडिकल काउन्सिलले स्वीकृत गरेको सिट संख्या भन्दा बढी विद्यार्थी भर्ना गर्ने अन्य मेडिकल कलेजहरुको हकमा पनि उपरोक्त निर्देशनहरु अनिवार्यतः अख्तियार गरी निरन्तर कार्यान्वन गरिरहनु भनी विपक्षीहरुलाई जानकारी दिई सोबमोजिम भए गरिएका कार्यको प्रतिवेदन तत्कालय अदालतमा पठाउनू भनी नेपाल मेडिकल काउन्सिललाई लेखि पठाउनू र सो प्रतिवेदन प्राप्त भएमा यस अदालतको अभिलेख शाखामा रहने रेकर्ड मिसिलमा संलग्न गर्नू।

के थियो घटना?
भारतीय नागरिक विनित कुमार बर्माले आफू परीक्षा दिन वञ्चित भएको भनी दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वाेच्चले यस्तो निर्देशनात्मक आदेश दिएको हो। उनी काठमाडौं विश्वविद्यालयद्वारा सम्बन्धन प्रदान गरिएको नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए। 

कलेजमा निरन्तर नियमित रुपमा एमबीबीएस  तहको पहिलो वर्षमा अध्ययनरत रही कलेजले लिने आन्तरिक परीक्षा अन्तर्गतको पहिलो सेमेष्टरको परीक्षामा सहभागी भएका थिए। तर, २०७२ भदौ १९ मा विश्वविद्यालयको पत्र भन्दै उनीसहितलाई अध्ययन अध्यापनमा सहभागी नगराउने भनेपछि उनी अदालत आएका थिए।

एक वर्ष देखि अध्ययन अध्यापन गरी आएकोमा पहिलो सत्रको परीक्षा आउन लागेको समयमा विपक्षी विश्वाविद्यालयले रजिष्ट्रेसन दर्ता गर्न इन्कार गरेको उनको दाबी थियो।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित)
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा
सम्बन्धित सामग्री
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) जसमा नियुक्ति, बढुवादेखि भ्रमण स्वीकृतसम्म रहेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार मन्... मंगलबार, पुस २९, २०८२
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु गत आइतबार ग्यास विस्फोट भई आगलागी हुँदा धन बहादुर वि.क, कविता वि.क, राधा वि.क, रेनुका वि.क राजन वि.क, काशिराम कामी, अनु वि.क, टिका व... मंगलबार, पुस २९, २०८२
यस्तो रहनेछ देशभरको मौसम जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्