धरान- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।
प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौं रुपैयाँको अनियमितता भएको विषय सार्वजनिक भएपछि अख्तियारको टोली प्रतिष्ठानको कार्यालयमा पुगेको हो।
अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ सदस्यीय टोलीले प्रतिष्ठानको कार्यालय पुगी केही कागजात नियन्त्रणमा लिएकाे बताइएकाे छ। अख्तियारको इटहरीस्थित कार्यालयले समन्वय गरिरहेको छ।
प्रतिष्ठानमा खरिद अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसीएच भवन, फार्मेसी भवन निर्माणमा करोडौंको चलखेल भएको सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।