• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
शिलु महादेव मन्दिरमा हुनुपर्ने 'उड्ने सिंह' यसरी पानीमा डुबे
64x64
गौरीबहादुर कार्की शनिबार, साउन ३०, २०७८  ११:४८
1140x725
१९९० सालको भूकम्पले भत्काउनुअघि उड्ने सिंहसहितको शिलु महादेव मन्दिर।

भक्तपुरको गोल्मढी टोलस्थित लिच्छविकालीन गहिरो ढुंगेधारामा दुई वटा ‘उड्ने सिंह’का मूर्ति छन्। यी मूर्ति वर्षाको पानीका कारण अहिले डुबेका छन्। वास्तवमा उड्ने सिंह जमिन वा जमिनको सतहभन्दा तल राखिँदैन। यी मूर्ति ढुंगेधारामा संरक्षणका लागि मात्र राखिएका थिए। तर, अहिले स्थानीयले मूर्तिलाई वास्तविक ठाउँ शिलु महादेव मन्दिर लैजान नदिने निर्णय गरेपछि विवाद भएको छ।

शिलु महादेव मन्दिर भक्तपुर दरबार परिसरको पूर्वी चोकको उत्तरमा छ। यसलाई नीलकण्ठेश्वर महादेव पनि भनिन्छ। यो मन्दिर जगतप्रकाश मल्लको पालामा सम्वत् १७०७ (सन् १६५०) मा बनेको हो। यो गोसाई‌ं कुण्डस्थित महादेवको नामबाट बनेको मन्दिर हो। गोसाईं कुण्डलाई नेवारी भाषामा शिलु भनिन्छ। 

१९९० सालको भूकम्पअगाडि यो मन्दिर शिखर शैलीमा इँटाले बनेको थियो। मन्दिरको चारै ढोकामा झिंगटीको पाली थियो। नेपालमा गएका ठूला भूकम्पपछि यो मन्दिरको स्वरुप स्वरुप परिवर्तन भइरहेको पाइन्छ।

माथिको पहिलो तस्वीरमा शिलु महादेव मन्दिरको बायाँतर्फ देखिएको हरिशंकर मन्दिरको भाग हो। यसलाई ‘ला पाँ देग’ भनिन्छ। नेवारी भाषामा यसको अर्थ ‘बाटो छेकेर बनाइएको मन्दिर’ भन्ने हुन्छ। १९९० सालको भूकम्पपछि यो मन्दिर बनाइएन। मन्दिरअगडिका दुई सिंह भने यथावत् छन्। 

शिलु महादेवको मन्दिर पनि १९९० सालको भूकम्पले भत्किएको थियो। त्यसपछि यसलाई फर्सीजस्तो डल्लो शैलीमा बनाइएपछि नेवारी भाषामा ‘फसी देग’ भनिन थालिएछ। मन्दिरको पेटीका पाँचमध्ये तीन तहमा जोर जनावर छन्। सबभन्दा तल हात्ती, त्यसको माथि दोस्रो तहमा सिंह र सोभन्दा माथि साँढे राखिएका छन्।

पुरानो शैलीको शिलु महादेवको मन्दिर परिसरको चित्र। यो तेल चित्र एम्ब्रोज ओल्डफिल्डले वि.सं.१९१०, (सन् १८५३ मार्च)  मा कोरेका हुन्।

यो ग्रन्थकुट शैलीको मन्दिर हो। शिखर शैलीको अग्लो मन्दिरलाई ग्रन्थकुट शैली भनिन्छ। यो मन्दिरको मौलिक स्वरुप १९९० सालअघि नै परिवर्तन भएको पाइन्छ। १९९० सालपछि पनि दुई स्वरुपमा मन्दिर बनेको छ। 

१९९० सालमा भूकम्पले मन्दिर भत्काएपछि चारै भित्ताका उड्ने सिंहलाई त्यसै फालिएछ। फालिएका सिंहमध्ये दुई वटालाई भक्तपुर दरबार परिसरमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवनको मूल ढोकाको दायाँ-बायाँ राखिएछ। बाँकी दुई वटालाई भने गोल्मढी टोलको गहिरो ढुंगेधारा १९९० मा पुनर्निर्माण हुँदा त्यसको दायाँ बायाँ राखिएछ। ती मूर्ति अहिले पनि छन्।

२०७२ को भूकम्पमा शिलु महादेवको मन्दिर फेरि भत्कियो। तर, पुरातत्व विभागले उड्ने सिंह राखेर मौलिक शैलीमा मन्दिर पुनर्निर्माण गर्न मानेन। कतिपय मन्दिरहरु यसअघिका ठूला भूकम्पमा भत्किएपछि मूल स्वरुप बिगारेर निर्माण गरेकै १०० वर्ष नाघेकाले पुरातात्विक भइसकेको विभागको भनाइ थियो। पाटनको भाइदेग, रानीपोखरीको बालगोपालेश्वर, भक्तपुरकै लाल बैठक भवन र शिलु महादेव मन्दिर लगायतलाई पछिल्लो स्वरुपमै निर्माण गर्न विभागले अडान लिएको थियो। 

Ncell 2
Ncell 2
विभिन्न समयमा स्वरुप परिवर्तन गर्दै बनाइएको शिलु महादेवको मन्दिर।

तर, भक्तपुर नगरपालिकाले पुरातत्व विभागको योजना अस्वीकार गर्‍यो। त्यही कारण प्राचीन चित्र आदिमा देखिने शिलु महादेवको मूल स्वरुपमा नै मन्दिर निर्माण गर्न विभाग सहमत भयो। यसअघि पुरात्व विभागको डिजाइनमा शिलु महादेवको मन्दिरअगाडिका उड्ने सिंहको मूर्ति थिएनन्।

शिलु महादेव मन्दिर निर्माणको ठेकेदारलाई तीन वर्षसम्म मन्दिरको सम्पूर्ण डिजाइनसमेत दिइएको थिएन। जसकारण केही भ्रम सिर्जना भएको थियो। मन्दिरको बाहिरी भागको बीचमा चारैतिर उड्ने सिंह शिलु महादेवको विशेषता हो।

यो पनि पढ्नुहोस्

रानीपोखरीकै गल्ती दोहोरिँदै छ शिलु महादेवमा

मन्दिर पुनर्निर्माणका लागि बनाइएको डिजाइनमा यो विशेषता नै गायब भएपछि उड्ने सिंह राख्न यो लेखकले सरोकारवालालाई जानकारी दिएको थियो। अहिले ठेक्का दिएको पाँच वर्षपछि उड्ने सिंह राखेर मन्दिर बनाउन ठेकेदारलाई आदेश दिइएछ।

भक्तपुर नगरपालिकाको पुरानो भवनमा रहेको मूर्ति। अहिले यी मूर्ति झिकिएका छन्।

नगरपालिकाको भत्केको पुरानो भवनको ढोका दायाँ–बायाँ रहेका दुई उड्ने सिंह अहिले निर्माणाधीन मन्दिरमा ल्याएर राखिसकिएको छ। तर, गोल्मढी ढुङ्गेधाराका दुई वटा उड्ने सिंह त्यहाँका स्थानीयले झिक्न दिएका छैनन्। आफूहरुले थाहा पाएदेखि नै ती सिंह ढुङ्गेधारामा देखेकोले शिलु मन्दिरको नभएको उनीहरुको दाबी छ। त्यहाँका वडाध्यक्षसहित स्थानीयको बैठकले मूर्ति नदिने निर्णय गरेको छ। यो विवाद समाधानका लागि भक्तपुर नगरपालिकाले पनि कुनै पहल गरेको छैन। पुरातत्व विभागले भने प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर उड्ने सिंह दिलाई दिन आग्रह गरेको रहेछ। सिंह नआइसकेकाले अहिले मन्दिरका बाँकी दुई पाटामा प्वाल मात्र राखेर निर्माण जारी राखिएको छ। 

मन्दिरका देवताको पहरेदारको रुपमा ढोका वा सिँढीमा सिंह र अन्य जनावर राखिएका हुन्छन्। मन्दिरको हाता वा मूल ढोकामा सिंह राखिएका हुन्छन्। ढुङ्गेधाराको पानी खस्ने ठाउँको दायाँबायाँ सिंह राखिँदैन। भूकम्पपछि फालिएको अवस्थामा रहेका सिंहलाई त्यतिबेलाका कालिगढले उपयोग मात्र गरेका हुन्। यसो गर्दा ती सिंह हराउन वा नासिनबाट बचेका छन्। धाराको मूल प्रवेश मार्गमा सिंह राखिएको छैन। 

यी सिंह भुईंको नभइ उड्ने सिंह हुन्। त्यसैले धारा वा ढोकाको तल राखिने प्रकृतिका होइनन्। ढोकामा वा मन्दिरको पेटी तहमा राखिने सिंहको बनावट फरक हुन्छ। उड्ने सिंहलाई भने मन्दिरको बाहिरी भित्ताको बीच भागमा राखिन्छ। उड्ने सिंहलाई नेवारीमा 'बो सिंह' भनिन्छ। 

गोल्मढी ढुङ्गेधारामा राखिएका उड्ने सिंह।

भक्तपुरमा आफ्नै नगरको प्राचीन मन्दिर पुनर्निर्माण हुँदा सिंह दिने विषय विवादमा पर्नु राम्रो होइन। वर्षाका कारण अहिले उड्ने सिंह पानीमा डुबेका छन्। ठेकेदारलाई अनुमति दिने हो भने उनीहरुले त्यसलाई सुरक्षित रुपमा लगेर मन्दिरमा राख्ने व्यवस्था गर्नेछन्।

गोल्मढी ढुंगेधाराअगाडि वीरभद्रेश्वर महादेव मन्दिरको लिच्छविकालीन कलात्मक पार्वतीको मूर्ति करिब ४३ वर्षअगाडि चोरी भएको थियो। उक्त मूर्ति अहिले अमेरिकाको कनेटिकटस्थित येल विश्वविद्यालयमा भेटिएको छ। त्यहाँ रहेको सम्वत् ५१६ को शिलापत्र अनुसार मन्दिर लिच्छविकालीन भन्ने पुष्टि हुन्छ। धनबज्र बज्राचार्यको लिच्छविकालका अभिलेखको पृ.२४९ मा यो अभिलेख पनि प्रकाशित छ। अभिलेखमा उल्लेख भएको महासामन्त अंशुवर्माको प्रतिवेदन अनुसार राजा शिवदेवले ‘माखोपृङ द्रङ'मा त्रिकर (भाग, भोग, कर) असुल गर्न अधिकारीहरु नपठाउनू, स्थानीय रुपमै असुल गर्नू’ भनी राजाज्ञा जारी गरेको देखिन्छ। त्यसकारण यो शिव मन्दिर र ढुङ्गेधारा लिच्छविकालीन भएको प्रमाणित हुन्छ।  

त्यस मन्दिरको दुर्गा भगवतीको मूर्ति अमेरिकाबाट फर्काएर त्यहीँ प्रतिस्थापन गरिँदैछ। तर, आफ्नै छिमेकी टोल, आफ्नै नगर, आफ्नै जिल्ला र आफ्नै देशको ३७१ वर्ष पुरानो उड्ने सिंहको मूर्तिलाई भने ८८ वर्ष पहिले राखिएको ढुङ्गेधाराबाट झिकेर यथास्थानमा पठाउन दिइएको छैन।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्