• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

शिलु महादेव मन्दिरमा हुनुपर्ने 'उड्ने सिंह' यसरी पानीमा डुबे

64x64
गौरीबहादुर कार्की शनिबार, साउन ३०, २०७८  ११:४८
1140x725
१९९० सालको भूकम्पले भत्काउनुअघि उड्ने सिंहसहितको शिलु महादेव मन्दिर।

भक्तपुरको गोल्मढी टोलस्थित लिच्छविकालीन गहिरो ढुंगेधारामा दुई वटा ‘उड्ने सिंह’का मूर्ति छन्। यी मूर्ति वर्षाको पानीका कारण अहिले डुबेका छन्। वास्तवमा उड्ने सिंह जमिन वा जमिनको सतहभन्दा तल राखिँदैन। यी मूर्ति ढुंगेधारामा संरक्षणका लागि मात्र राखिएका थिए। तर, अहिले स्थानीयले मूर्तिलाई वास्तविक ठाउँ शिलु महादेव मन्दिर लैजान नदिने निर्णय गरेपछि विवाद भएको छ।

शिलु महादेव मन्दिर भक्तपुर दरबार परिसरको पूर्वी चोकको उत्तरमा छ। यसलाई नीलकण्ठेश्वर महादेव पनि भनिन्छ। यो मन्दिर जगतप्रकाश मल्लको पालामा सम्वत् १७०७ (सन् १६५०) मा बनेको हो। यो गोसाई‌ं कुण्डस्थित महादेवको नामबाट बनेको मन्दिर हो। गोसाईं कुण्डलाई नेवारी भाषामा शिलु भनिन्छ। 

१९९० सालको भूकम्पअगाडि यो मन्दिर शिखर शैलीमा इँटाले बनेको थियो। मन्दिरको चारै ढोकामा झिंगटीको पाली थियो। नेपालमा गएका ठूला भूकम्पपछि यो मन्दिरको स्वरुप स्वरुप परिवर्तन भइरहेको पाइन्छ।

माथिको पहिलो तस्वीरमा शिलु महादेव मन्दिरको बायाँतर्फ देखिएको हरिशंकर मन्दिरको भाग हो। यसलाई ‘ला पाँ देग’ भनिन्छ। नेवारी भाषामा यसको अर्थ ‘बाटो छेकेर बनाइएको मन्दिर’ भन्ने हुन्छ। १९९० सालको भूकम्पपछि यो मन्दिर बनाइएन। मन्दिरअगडिका दुई सिंह भने यथावत् छन्। 

शिलु महादेवको मन्दिर पनि १९९० सालको भूकम्पले भत्किएको थियो। त्यसपछि यसलाई फर्सीजस्तो डल्लो शैलीमा बनाइएपछि नेवारी भाषामा ‘फसी देग’ भनिन थालिएछ। मन्दिरको पेटीका पाँचमध्ये तीन तहमा जोर जनावर छन्। सबभन्दा तल हात्ती, त्यसको माथि दोस्रो तहमा सिंह र सोभन्दा माथि साँढे राखिएका छन्।

पुरानो शैलीको शिलु महादेवको मन्दिर परिसरको चित्र। यो तेल चित्र एम्ब्रोज ओल्डफिल्डले वि.सं.१९१०, (सन् १८५३ मार्च)  मा कोरेका हुन्।

यो ग्रन्थकुट शैलीको मन्दिर हो। शिखर शैलीको अग्लो मन्दिरलाई ग्रन्थकुट शैली भनिन्छ। यो मन्दिरको मौलिक स्वरुप १९९० सालअघि नै परिवर्तन भएको पाइन्छ। १९९० सालपछि पनि दुई स्वरुपमा मन्दिर बनेको छ। 

१९९० सालमा भूकम्पले मन्दिर भत्काएपछि चारै भित्ताका उड्ने सिंहलाई त्यसै फालिएछ। फालिएका सिंहमध्ये दुई वटालाई भक्तपुर दरबार परिसरमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवनको मूल ढोकाको दायाँ-बायाँ राखिएछ। बाँकी दुई वटालाई भने गोल्मढी टोलको गहिरो ढुंगेधारा १९९० मा पुनर्निर्माण हुँदा त्यसको दायाँ बायाँ राखिएछ। ती मूर्ति अहिले पनि छन्।

२०७२ को भूकम्पमा शिलु महादेवको मन्दिर फेरि भत्कियो। तर, पुरातत्व विभागले उड्ने सिंह राखेर मौलिक शैलीमा मन्दिर पुनर्निर्माण गर्न मानेन। कतिपय मन्दिरहरु यसअघिका ठूला भूकम्पमा भत्किएपछि मूल स्वरुप बिगारेर निर्माण गरेकै १०० वर्ष नाघेकाले पुरातात्विक भइसकेको विभागको भनाइ थियो। पाटनको भाइदेग, रानीपोखरीको बालगोपालेश्वर, भक्तपुरकै लाल बैठक भवन र शिलु महादेव मन्दिर लगायतलाई पछिल्लो स्वरुपमै निर्माण गर्न विभागले अडान लिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
विभिन्न समयमा स्वरुप परिवर्तन गर्दै बनाइएको शिलु महादेवको मन्दिर।

तर, भक्तपुर नगरपालिकाले पुरातत्व विभागको योजना अस्वीकार गर्‍यो। त्यही कारण प्राचीन चित्र आदिमा देखिने शिलु महादेवको मूल स्वरुपमा नै मन्दिर निर्माण गर्न विभाग सहमत भयो। यसअघि पुरात्व विभागको डिजाइनमा शिलु महादेवको मन्दिरअगाडिका उड्ने सिंहको मूर्ति थिएनन्।

शिलु महादेव मन्दिर निर्माणको ठेकेदारलाई तीन वर्षसम्म मन्दिरको सम्पूर्ण डिजाइनसमेत दिइएको थिएन। जसकारण केही भ्रम सिर्जना भएको थियो। मन्दिरको बाहिरी भागको बीचमा चारैतिर उड्ने सिंह शिलु महादेवको विशेषता हो।

यो पनि पढ्नुहोस्

रानीपोखरीकै गल्ती दोहोरिँदै छ शिलु महादेवमा

मन्दिर पुनर्निर्माणका लागि बनाइएको डिजाइनमा यो विशेषता नै गायब भएपछि उड्ने सिंह राख्न यो लेखकले सरोकारवालालाई जानकारी दिएको थियो। अहिले ठेक्का दिएको पाँच वर्षपछि उड्ने सिंह राखेर मन्दिर बनाउन ठेकेदारलाई आदेश दिइएछ।

भक्तपुर नगरपालिकाको पुरानो भवनमा रहेको मूर्ति। अहिले यी मूर्ति झिकिएका छन्।

नगरपालिकाको भत्केको पुरानो भवनको ढोका दायाँ–बायाँ रहेका दुई उड्ने सिंह अहिले निर्माणाधीन मन्दिरमा ल्याएर राखिसकिएको छ। तर, गोल्मढी ढुङ्गेधाराका दुई वटा उड्ने सिंह त्यहाँका स्थानीयले झिक्न दिएका छैनन्। आफूहरुले थाहा पाएदेखि नै ती सिंह ढुङ्गेधारामा देखेकोले शिलु मन्दिरको नभएको उनीहरुको दाबी छ। त्यहाँका वडाध्यक्षसहित स्थानीयको बैठकले मूर्ति नदिने निर्णय गरेको छ। यो विवाद समाधानका लागि भक्तपुर नगरपालिकाले पनि कुनै पहल गरेको छैन। पुरातत्व विभागले भने प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर उड्ने सिंह दिलाई दिन आग्रह गरेको रहेछ। सिंह नआइसकेकाले अहिले मन्दिरका बाँकी दुई पाटामा प्वाल मात्र राखेर निर्माण जारी राखिएको छ। 

मन्दिरका देवताको पहरेदारको रुपमा ढोका वा सिँढीमा सिंह र अन्य जनावर राखिएका हुन्छन्। मन्दिरको हाता वा मूल ढोकामा सिंह राखिएका हुन्छन्। ढुङ्गेधाराको पानी खस्ने ठाउँको दायाँबायाँ सिंह राखिँदैन। भूकम्पपछि फालिएको अवस्थामा रहेका सिंहलाई त्यतिबेलाका कालिगढले उपयोग मात्र गरेका हुन्। यसो गर्दा ती सिंह हराउन वा नासिनबाट बचेका छन्। धाराको मूल प्रवेश मार्गमा सिंह राखिएको छैन। 

यी सिंह भुईंको नभइ उड्ने सिंह हुन्। त्यसैले धारा वा ढोकाको तल राखिने प्रकृतिका होइनन्। ढोकामा वा मन्दिरको पेटी तहमा राखिने सिंहको बनावट फरक हुन्छ। उड्ने सिंहलाई भने मन्दिरको बाहिरी भित्ताको बीच भागमा राखिन्छ। उड्ने सिंहलाई नेवारीमा 'बो सिंह' भनिन्छ। 

गोल्मढी ढुङ्गेधारामा राखिएका उड्ने सिंह।

भक्तपुरमा आफ्नै नगरको प्राचीन मन्दिर पुनर्निर्माण हुँदा सिंह दिने विषय विवादमा पर्नु राम्रो होइन। वर्षाका कारण अहिले उड्ने सिंह पानीमा डुबेका छन्। ठेकेदारलाई अनुमति दिने हो भने उनीहरुले त्यसलाई सुरक्षित रुपमा लगेर मन्दिरमा राख्ने व्यवस्था गर्नेछन्।

गोल्मढी ढुंगेधाराअगाडि वीरभद्रेश्वर महादेव मन्दिरको लिच्छविकालीन कलात्मक पार्वतीको मूर्ति करिब ४३ वर्षअगाडि चोरी भएको थियो। उक्त मूर्ति अहिले अमेरिकाको कनेटिकटस्थित येल विश्वविद्यालयमा भेटिएको छ। त्यहाँ रहेको सम्वत् ५१६ को शिलापत्र अनुसार मन्दिर लिच्छविकालीन भन्ने पुष्टि हुन्छ। धनबज्र बज्राचार्यको लिच्छविकालका अभिलेखको पृ.२४९ मा यो अभिलेख पनि प्रकाशित छ। अभिलेखमा उल्लेख भएको महासामन्त अंशुवर्माको प्रतिवेदन अनुसार राजा शिवदेवले ‘माखोपृङ द्रङ'मा त्रिकर (भाग, भोग, कर) असुल गर्न अधिकारीहरु नपठाउनू, स्थानीय रुपमै असुल गर्नू’ भनी राजाज्ञा जारी गरेको देखिन्छ। त्यसकारण यो शिव मन्दिर र ढुङ्गेधारा लिच्छविकालीन भएको प्रमाणित हुन्छ।  

त्यस मन्दिरको दुर्गा भगवतीको मूर्ति अमेरिकाबाट फर्काएर त्यहीँ प्रतिस्थापन गरिँदैछ। तर, आफ्नै छिमेकी टोल, आफ्नै नगर, आफ्नै जिल्ला र आफ्नै देशको ३७१ वर्ष पुरानो उड्ने सिंहको मूर्तिलाई भने ८८ वर्ष पहिले राखिएको ढुङ्गेधाराबाट झिकेर यथास्थानमा पठाउन दिइएको छैन।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? मंगलबार, भदौ २३, २०८३
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’ मंगलबार, भदौ २३, २०८३
मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई चालक पक्राउ मंगलबार, भदौ २३, २०८३
अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ मंगलबार, भदौ २३, २०८३
कांग्रेसको निर्वाचन समितिको बैठक बस्दै, वडा अधिवेशनको नयाँ मिति तय हुने मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्