• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
सम्पदा पुनर्निर्माण

रानीपोखरीकै गल्ती दोहोरिँदै छ शिलु महादेवमा

गौरीबहादुर कार्की सोमबार, चैत ३०, २०७७  ०७:०१
1140x725
बत्सला मन्दिरमा रहेका उड्ने सिंह र हाल उड्ने सिंह नराखी बनाइएको डिजाइन। 

मन्दिर पुनर्निर्माणका लागि ठेक्का सम्झौता भएको तीन वर्षसम्म पनि ठेकेदारलाई डिजाइन दिइएन। दुई वर्षमा पुनर्निर्माण सम्पन्‍न गर्ने भनिएको मन्दिर चार वर्षसम्म पनि पूरा हुने छाँट छैन। मन्दिर निर्माण अगाडि बढेपनि मन्दिरको उड्ने सिंहबारे डिजाइन दिइएकै पाइएन। गजुरको डिजाइन पनि अझै दिइएको छैन। परम्परागत शैलीमा निर्माण सुरू गरिएको मन्दिरको पुरातत्त्व विभागले अझै बाँकी काममध्ये उड्ने सिंह राख्‍ने/नराख्‍नेबारे ठेकेदारलाई डिजाइन दिन सकेको छैन।

यो शिलु महादेव मन्दिरको कुरा हो। ग्रन्थकुट शैलीका धेरैजसो मन्दिरको बाहिरी भागको बीचमा चारैतिर उड्ने सिंह राखिएका हुन्छन्। भक्तपुर दरबार परिसरमै पुनर्निर्माण सम्पन्‍न भएका सिद्धिलक्ष्मी र बत्सला मन्दिरमा उड्ने सिंह रहेका छन्। 

यो मन्दिरको ग्रन्थकुट अर्थात् शिखर शैलीको पुरानो तस्बिरमा उड्ने सिंह रहेको छ। पुरातत्त्व विभागले ठेक्का दिइएपछिको मन्दिर हातामा राखेको तस्बिरमा उड्ने सिंह राखेको पाइँदैन।

त्यतिबेला १९९० सालमा मन्दिर पुनर्निर्माण गरिँदा गुम्बज शैलीको सानो एक तले मन्दिर बनाइएछ। जसमा उड्ने सिंह राखिएनछ। भत्केको मन्दिरका उड्ने चार सिंहमध्ये दुईलाई दरबार परिसरकै भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकाको दायाँ-बायाँ राखिएको तस्बिरबाट देखिन्छ।

भक्तपुर गोलमढी टोलको गहिरो ढुंगेधारा (बाँया) र ढुंगेधारामा रहेका उड्ने सिंह।
भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकामा रहेका उड्ने सिंह।

बाँकी दुई सिंह भने गोल्मढी टोलको गहिरो ढुंगा धाराको दायाँ-बायाँ पारेर राखिएछ। जो अझै मौजुदा रहेको तस्बिरबाट देखिन्छ। जुन कुरा ‘शिलु महादेव बेहालमा’ शीर्षकमा कान्तिपुर कोसेलीमा २०७६ भाद्र ७ मा प्रकाशित मेरो लेखमा पनि उल्लेख छ।

दायाँतिरको शिलु महादेव मन्दिर वि.सं. १९९० अगाडिको स्वरूपमा, बायाँतर्फको देखिएको भाग हरिशंकर मन्दिरको हो। जो १९९० सालको भूकम्पमा पाताल भयो, पुनर्निर्माण अहिलेसम्म भएन। (१९६०-६५ सालमा लिइएको तस्बिर)

यो मन्दिर राजा जगतप्रकाश मल्लको पालामा नेपाल संवत (ने.सं.) ७९८ मा, सन् १६५०, सम्वत् १७०७ मा बनेको थियो। जो भक्तपुर दरबार परिसरको पूर्वी चोकको उत्तरमा रहेको छ। ‘गोसाइँकुण्ड’लाई नेवारी भाषामा ‘शिलु’ भनिन्छ। सोही महादेवको नाममा यो मन्दिर बनेको पाइन्छ। यसलाई नीलकण्ठेश्वर महादेव पनि भनिन्छ। १९९० सालको भूकम्पभन्दा अगाडि यो मन्दिर ग्रन्थकुट अर्थात् शिखर शैलीमा इँट्टाले बनेको थियो। मन्दिरको चारै ढोकामा झिंगटीको पाली थियो। नेपालमा भएका शिखर शैलीको मन्दिरमा यो अग्लो मन्दिर भनिन्छ। भक्तपुरकै बद्रीनाथ र केदारनाथजस्तै इँट्टाबाट बनेको थियो।

यो बीचको मन्दिर शिलु मन्दिर हो, १९९० साल अगाडिको स्वरूपमा। राजा जगतप्रकाश मल्लको पालामा ने.सं. ७७० (सन् १६५०, सम्वत् १७०७) मा बनेको मन्दिर। (हेनरीयो बीचको मन्दिर शिलु मन्दिर हो, १९९० साल अगाडिको स्वरूपमा। राजा जगतप्रकाश म एम्ब्रोज ओल्डफिल्डले वि.सं.१९१०, (सन् १८५३ मार्च)  मा कोरेको तेल चित्र)

माथि तस्बिरको बायाँपट्टिको छानाको कुनामात्र देखिने मन्दिर भक्तपुर दरबार परिसरकै हरिशंकरको मन्दिर हो, जसलाई लाँ पाँ देग अर्थात् बाटो छेकेर बनाइएको मन्दिर वा देवल भनी नेवारीमा भनिन्छ। यो मन्दिर पनि १९९० सालको भूकम्पमा भत्किएपछि नयाँ बनाइएन। यसको मूर्ति राष्ट्रिय कला संग्रहालय, भक्तपुरमा राखिएको छ।

तस्बिरको दायाँतर्फ देखिएको मन्दिर भने भुइँ तलामा दक्षिणामूर्तिको मन्दिर र माथिल्लो तलामा भक्तपुरको दिगु तलेजुका मन्दिर रहेको भनिन्छ। जो १९६५ र १९९० को भूकम्पमा धराशायी बन्‍न पुग्यो। यो तीन तले माथि गुम्बज भएको मन्दिर पनि १९९० सालपछि बनाइएन। सोही स्थानमा गुठी संस्थानले बनाएको कार्यालय भवन पनि २०४५ को भूकम्पले भत्कियो। हाल जग्गा खाली रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb
शिलु मन्दिरको शिवलिंग।

१९९० सालको भूकम्पले भत्काएपछि यो शिलु महादेव मन्दिर प्राचीन शिखर शैलीको सट्टा कुरूप पारेर बनाइयो। ९० सालको भूकम्पपछि फर्सीजस्तो डल्लो रूपमा निर्माण भएकाले स्थानीय नेवारी भाषामा फसी देग अर्थात् फर्सी देवल भनिएको रहेछ।

२०७२ सालको भूकम्पअघि बनेको मन्दिर।
यो मन्दिरको १९९० साल पहिले, ९० सालपछि र ०७२ को भूकम्प अगाडिका तीन रूप माथिको तस्बिरमा देखिन्छ। तस्बिरः भक्तपुर मासिक

 

२०७२ वैशाखको भूकम्पपछिको अवस्था।
हाल निर्माणाधीन अवस्थामा रहेको मन्दिर।

पुरानो मन्दिर, ९० सालपछि र ०७२ को भूकम्पअघिको मन्दिरको गजुर पनि एक रूपका छैनन्। अहिले पनि गजुरको डिजाइन नै नदिएकाले कस्तो राख्‍ने भन्‍ने प्रस्ट हुन सकेको पाइँदैन। 

पहिलो तलाका काठ र ढुंगाका कलात्मक स्तम्भहरू।

पुरानो मन्दिरको माथि बीचजस्तो भागमा चारै दिशामा प्रस्तरको उड्ने सिंह रहेका थिए। सो मन्दिर भत्केपछि ती सिंहमध्ये दुईवटा भक्तपुर नगरपालिकाको २०७२ भूकम्प अगाडिको दरबार परिसरकै पुरानो भवनको मूल ढोकाको दायाँ-बायाँ राखेको रहेछ, जो अद्यापि छ। दुई सिंह भने गोल्मढीको गहिरो ढुंगेधारामा राखिएको छ। यस्तै उड्ने सिंह भूकम्पमा भत्केको मूल चोकको बत्सला र सिद्धिलक्ष्मी मन्दिरमा पनि चारैतिर रहेका थिए। अन्यत्र मन्दिरमा पनि यस्तो सिंह पाइन्छ।

Xtrem

Xtrem

उड्ने सिंह राख्‍नका लागि पुरातत्त्व विभागले डिजाइन दिएको छैन। ठेकेदार सानु सुवालले मन्दिर बनाउँदै जाँदा सिंह राख्‍ने कि नराख्‍ने भनी निर्णय गर्न सक्ने कुरा भएन। साविक मन्दिरको तस्बिरबाट देखिएको र चार सिंह अझै अन्यत्र मौजुदा रहेकाले उड्ने सिंह नराखी मन्दिर बनाइएमा विवाद आउने प्रस्ट छ। पुरातत्त्व विभागले सिंह राख्‍ने डिजाइन र कार्यादेश नदिएमा तयार भएको मन्दिरमा पुनः सिंह राख्‍नुपर्ने अवस्था आउने सम्भावना देखियो। भूकम्पले भत्किएका साविक मन्दिरलाई सोही स्वरूपमा बनाउन रानीपोखरीको बालगोपालेश्वर र पाटन मंगलबजारको भाइदेग मन्दिर, भक्तपुरकै लालबैठक भवन आदिमा पुरातत्त्व विभागले पछिल्लो रूपमा बनाउन खोजेकोमा व्यापक जनदबाबपछि साविककै रूपमा बनाउन बाध्य भएको स्थिति छ। यो शिलु मन्दिरको उड्ने सिंह र गजुरसम्बन्धमा पनि छिटो निर्णय हुन ढिलो भइसकेको छ।

यो शिलु महादेव (फसिदेग) मन्दिर पुरातत्त्व विभागले १९९० साल अगाडिको पुरानै रूपमा निर्माण गर्न ठेक्का दिएको हो। तर, पुरातत्त्व विभागले मन्दिरको पूरा डिजाइन दिन नसकेकाले मन्दिर निर्माणमा ढिलाइ भइरहेको छ।

शिलु महादेव मन्दिर पुनर्निर्माणका लागि पुरातत्त्व विभागले श्रीप्राकृतिक, सानु सुवाल र तुलसी जेभी संयुक्त ठेकेदारलाई ठेक्का दिएको रहेछ। २०७३ असार १४ गते दुई वर्षभित्र सम्पन्‍न गर्नुपर्ने गरी २०७५ असारको कार्यादेश दिएकोमा पाँच वर्ष हुन लाग्दा पनि सम्पन्‍न हुन सकेको छैन। अझै गजुर र उड्ने सिंहबारे डिजाइन नदिएकाले मन्दिर निर्माणमा ढिलाइ हुने पक्का देखियो।

ठेक्का अवधि र डिजाइन।

ठेक्का दिएको पाँच वर्षसम्म सम्पूर्ण डिजाइन नदिएकाले काममा ढिलाइ हुन गएको रहेछ। पुरातत्त्व विभागकै कारणले मन्दिर निर्माणमा अझै समस्या बाँकी रहेको देखियो। विभागले ठेक्का दिएका सम्पदाहरूमा कहाँ के समस्या आएको छ? निर्माणमा के कारणले ढिलाइ भइरहेको छ? कसरी समाधान गर्ने भन्‍नेतिर पुरातत्त्व विभागको सक्रियता हुनुपर्ने हो।

भक्तपुरकै राष्ट्रिय कला संग्रहालय र लाल बैठक भवनमा पनि पुरातत्त्व विभाग र भक्तपुर नगरपालिकाबीच आपसी समन्वयको अभावमा भूकम्प गएको छ वर्ष बित्‍नलाग्दा पनि काम सुरू हुन सकेको छैन।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्