• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

देउवा पक्षका जिल्ला सभापतिहरूको एकै स्वर : विशेष महाधिवेशन स्वीकार्दैनौं [निर्णयको पूर्णपाठसहित]

64x64
नेपाल लाइभ बिहीबार, साउन २८, २०७८  १४:०७
1140x725

काठमाडौं– नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन स्वीकार्न नसकिने निर्णय गरेका छन्। सभापति शेरबहादुर देउवानिकट सभापतिहरुको छलफलबाट विशेष महाधिवेशन स्वीकार्न नसकिने निर्णय गरिएको छ।

२२ जिल्ला सभापति भेला भएको बैठकको निर्णयमा भनिएको छ, ‘शीर्ष नेता तहबाटै विशेष महाधिवेशनको मागका सम्बन्धका आवाज सुनिनु दुःखद् हो। आजको आवश्यकता महाधिवेशन हो। विशेष महाधिवेशन स्वीकार्य छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी संस्थापनइतरको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको विकल्प अघि सारेको छ। पौडेल पक्षले अघि सारेको प्रस्तावलाई नकार्ने देउवा पक्षका जिल्ला सभापतिहरुले निर्णय गरेका हुन्। छानबिन समितिले टुंगो लगाएको क्रियाशील फाइल बाहेक विवादमा आएका बारा र सप्तरी लगायतका जिल्लाहरुको फाइल मात्र खोल्न आग्रह गरिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आठ बुँदे निर्णयमा देउवाको सुझबुझपूर्ण कार्यशैलीले केन्द्र र प्रदेशहरुमा कांग्रेस सरकारमा जाने अवस्था बनेको ठम्याई उनीहरुको छ। बिहीबार बिहान बैठक बसि गरिएका निर्णयहरु पार्टी सभापति देउवालाई बुझाउने बताइएको छ।

देउवा पक्षीय सभापतिहरुको बैठकले गरेका निर्णय :
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भौतिक र भर्चुअल माध्यमवाट २०७८ श्रावण २७ र २८ गते नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सभापति मदनबहादुर अमात्यको सभापतित्वमा दुईदिने छलफल कार्यक्रम आयोजना गरियो। सो छलफलको निष्कर्ष नेपाली कांग्रेसका आदरणीय केन्द्रीय सभापतिमार्फत् तथा केन्द्रीय सदस्यहरुलाई ध्यानाकर्षण सहितको ८ बुँदे आग्रह :
१. गत आम निर्वाचनमा प्रतिनिधि सभाका देशका कूल १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस जम्मा २३ सिटमा विजयी भएको र समानुपातिक समेत गरी जम्मा २७५ मध्ये ६३ सीटमा हाम्रो पार्टी विजयी भएको सर्वविदितै छ। साथै, त्यतिबेला सात प्रदेशमध्ये एउटामा समेत हामीले सरकार बनाउन सक्ने गरी निवार्चन जिल सकेनौं। हामी सबैतिर प्रतिपक्षमा रहन बाध्य हुनुपर्‍यो। 
प्रदेश २ बाहेक अरु सबै प्रदेश र संघमा तत्कालीन नेकपाले बहुमतसहित सरकार बनायो भने प्रदेश २ मा मधेशवादी दलले सरकार बनाए। त्यतिबेला नेकपाका नेताहरु अबको ५० वर्ष नेपाली कांग्रेस सरकारबाट बाहिर बस्छ भनी हाम्रो खिसीटिउरी गर्थे भने संसद्‌मै पनि तत्कालीन प्रधानमन्त्रीले हामीलाई 'निम्छरो' जस्ता शब्द प्रयोग गर्थे।
तर, नेपाली कांग्रेसका श्रद्धेय सभापति श्री शेरबहादुर देउवाको राजनीतिक सुझबुझ र धैर्यताले चुनावको ४० महिनापछि नै ६३ सांसद भएको नेपाली कांग्रेस लोकतान्त्रिक  पद्धतिबाट १६५ सांसदको भारी बहुमतसहित सरकारको नेतृत्व गर्न पुगेको छ। यस्तो महान कार्यका कारण आम कांग्रेसका साथीहरु अत्यन्त खुशी मात्र छैनन्, उनीहरुमा लोकतन्त्रप्रति प्रतिवद्ध हाम्रो पार्टी र आदरणीय सभापतिले जुन आसाको किरण देखाउनु भएको छ त्यसप्रति धन्य भएका छौं। त्यति मात्र नभई आदरणीय सभापतिज्यू कै राजनैतिक सुझबुझ, धैर्यता र समयानुकुल निर्णयका कारण अहिले हामी प्रदेश २ सरकारमा सामेल भएका छौं। गण्डकी प्रदेशमा हाम्रो नेतृत्व सरकार बनेको छ लुम्बिनी प्रदेशमा एक दुई दिनमै हामी सरकारमा सामेल हुँदैछौं। कर्णाली प्रदेश सरकारमा हाम्रो सहभागिता छ भने सुदूरपश्चिम सरकार समेत हाम्रो सहमतिमा टिकेको छ। आशा गरौं, अब बाँकी प्रदेश १ र बागमती प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने सम्भावना छ। यो भन्दा ठूलो राजनीति सफलता के हुन सक्ला?
हामी जिल्ला सभापतिहरु यस्तो महान कार्यका लागि आदरणीय सभापतिज्यूलगायत यो कार्यमा संलग्न सबैमा बधाई तथा धन्यवाद व्यक्त गर्दै नेपाली कांग्रेसको सरकारको कार्यकालको सफलताको लागि शुभकामना समेत व्यक्त गर्न चाहान्छौं।
२. यसरी शून्यबाट माथि उठाएर यहाँसम्म पार्टीलाई ल्याउँदा र सबैले सभापतिज्यूको राजनैतिक सुझबुझको प्रशंसा गरिरहँदा समेत आफनै पार्टीभित्रका केही शीर्ष नेताहरुबाट सभापतिको आलोचना भएको देख्न सुन्न पर्दा हामीलाई दुःख लागेको छ। यस्ता अभिव्यक्तिले एकातिर आम पार्टीका साथीहरुमा निराशा पैदा गर्दछ भने अर्कोतिर अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउँछ भन्ने हाम्रो ठम्म्याई छ। हामी यस्ता कृयाकलाप नगर्न सबैमा सविनय अनुरोध गर्न चाहन्छौं।
३. हामी महाधिवेशनको पूर्वसन्ध्यामा छौं। महाधिवेशन समयमै र विधिसम्मत हुनुपर्नेमा कसैको विमति छैन। तरपनि कारोनाको महामारी, सबैमा खोप नपुगेको अवस्था र केही आन्तरिक प्राविधिक कारणले महाधिवेशन समयमै नहुने हो कि भन्ने शंका बढ्न स्वभाविकै छ। हामी आजको केन्द्रीय समितिको बैठक सहमति, लोकतान्त्रिक विधि, कानन र संविधानसँग नबाझिने गरी महाधिवेशन कसरी गर्ने भन्नेमा केन्द्रित होस् भन्ने अनुरोध गर्न चाहान्छौं।
४. हाम्रो विधानले पालिका कार्यसमिति सो पालिकाभित्र रहेका सबै क्रियाशील सदस्यबाट चयन गर्ने व्यवस्था गरिएकोमा आज कोरोनाको कहर चलिरहँदा त्यो व्यवस्थालाई प्रतिनिधिमुलक बनाउन सके एकै स्थानमा धेरै मानिस जम्मा हुन पर्ने थिएन। त्यसतर्फ जान हामी केन्द्रीय समितिलाई अनुरोध गर्न चाहन्छौं।
५. अरु पार्टीबाट नेपाली कांग्रेसमा आएका सदस्यहरुको समायोजनका सम्बन्धमा वडादेखि सबै तहबाट स्वीकृत भई आएको र काम सकिएको फाइल फेरि खोल्नपर्छ भनी बखेडा झिक्नु महाधिवेशन हुन नदिने बहाना मात्रै हो। यसलाई नउचाल्न हामी सबैमा अनुरोध गर्न चाहन्छौं।
६. छानबिन समितिले टुंगो लगाएको क्रियाशील फाइल बाहेक विवादमा आएका बारा, सप्तरी लगायतका जिल्लाहरुको फाइल मात्र खोली विधानसम्मत निर्णय गरियोस् भन्ने अनुरोध गर्दछौं।
७. यदाकदा आज आएर शीर्ष नेता तहबाटै विशेष महाधिवेशनको मागका सम्बन्धका आवाज सुनिनु दुःखद् हो। आजको आवश्यकता महाधिवेशन हो। विशेष महाधिवेशन स्वीकार्य छैन।
८. महाधिवेशन हामी कांग्रेसहरुको महान पर्व हो। यस महान उत्सवको सम्मान गर्दै लामो इतिहास बोकेको पार्टीको गौरवलाई भावनात्मक एकाताका साथ सुसम्पन्न गर्न सादर अनुरोध गर्दछौं।
जय नेपाल ।
श्रावण २८, काठमाडौं ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्