काठमाडौं– मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा सामान्य वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मनसुन पुनः सक्रिय भएसँगै दिउँसो देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन्।
यस्तै, राति पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षासँगै पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाको भनाइ छ।
नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।