फाइल तस्वीर
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै छ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ। विविध कारणले महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले आजको बैठकमा नयाँ कार्यतालिकाको विषयमा छलफल हुने एक नेताले बताए।
आजको बैठकमा निर्वाचन निर्देशिका तथा विवादित क्रियाशील सदस्यताका बारेमा समेत छलफल हुनेछ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सम्पन्न पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलगायत
कारणले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।