काठमाडौं– मेलम्ची तथा इन्द्रावती खोलालाई पुरानै अवस्थामा फर्काउन निरन्तर प्रयास जारी छ। खोलालाई पुरानै धारमा फर्काउन मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ।
कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए।
गत असार १ र त्यसपछि लगातार रुपमा आएको बाढीले मेलम्ची बजारमा मात्र १९७ घरमा क्षति पुगेको छ। बाढीका कारण एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी पुगेको नगरप्रमुख अर्यालले बताए। विस्थापितमध्ये कोही टेन्टमा त कोही भाडाको घरमा बस्दै आएका छन्।
मेलम्ची र हेलम्बुमा बाढीपहिरोमा परेर २० जना हराइरहेका र ६ जना घाइते भएका छन् भने पाँच जनाको मृत्यु भएको छ।
बाढीपहिराका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडांै रुपैयाँको क्षति भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।