काठमाडाैं– कानुन न्याय तथा सामाजिक कल्याण मञ्चले महान्यायाधिवक्ता खम्वबहादुर खातीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएकाे छ।
मञ्चका अध्यक्ष जगनाथ मिश्रको नेतृत्वमा गएको टोलीले कानुन व्यवसायीको नाममा गैरकानुन व्यवसायीले काम गर्नेदेखि नोटरी पब्लिकसम्मका कार्यलाई व्यवस्थित गर्न माग गरेकाे हाे।
विधिको शासनमार्फत मुलुकमा कानुनी राज्यको स्थापना गर्न पहल कदमी गर्ने, कानुनको अक्षरश: पालना गरी भ्रष्टाचार, बलात्कारजस्ता नैतिक पतन हुने जघन्य कसुर अपराधमा शून्य सहनशिलता अपनाउन उनीहरुले सुझाव दिएका थिए।
कानुन व्यवसायीहरुलाई अभिमुखीकरण गर्ने, असहायलाई नि:शुल्क कानुनी सेवा प्रदान गर्ने, विभिन्न माध्यमबाट कानुनी सहायता प्रदान गर्ने र समसामयिक विषयहरुमा अन्तर्क्रिया छलफल गर्ने कार्य गराउन उनीहरुले सुझाव दिएका छन्।
मञ्चले कम्पनी ऐन, २०६३ को दफा १८५ बमोजिम एक करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएको कम्पनीमा कम्पनी सचिवमा कानुन व्यवसायी मध्येबाट नियुक्ति गर्ने सम्बन्धमा अनिवार्य कार्यान्वयन गर्न पनि माग गरेका छन्।
प्रत्यक्ष जनसरोकार र जनसम्पर्कको निकाय भएकले कम्पनी रजिष्ट्रारको कार्यालयलाई मर्यादित, व्यवस्थित, पारदर्शी र भ्रष्टचार मुक्त, गैर सरोकारवाला व्यक्तिको उपस्थिति र हस्तक्षेपलाई शून्य बनाउन उनीहरुले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।