काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ।
मंगलबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीे बुधबार तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी ११ सय ९० रुपैयाँ प्रतितोलामा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।