काठमाडौं– लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन्।
जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन्।
यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए।
उनीहरु तीनै जनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।