सोलुखुम्बु– जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ।
साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले बताइन्।
कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा संक्रमण पुष्टि भएको भन्दै उनले अन्य केही कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणको तयारी भइरहेको बताइन्।
निषेधाज्ञा खुकुलो भएसँगै सेवाग्रहीको भीड बढ्दा जोखिम पनि बढेको कार्यालयले जनाएको छ।
यस्तै जिल्ला मालपोत कार्यालय सोलुखुम्बुको पनि सेवा बन्द गरिएको छ।
यही साउन २२ गते एक सूचना जारी गर्दै दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ। साउन ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।